२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापतिका दाबेदार मान्ने नेविसंघ सहमहामन्त्री घिमिरेको यस्तो चर्तिकला, कार्यकर्तामा खैलावैला



अ+ अ-

काठमाडौँ । प्रदेश र प्रतिनीधि सभाको निर्वाचनमा पार्टीलाई अन्तरघात गरेको आरोप लागेमा कारवाहीमा परेका सह-महामन्त्री प्रकाश घिमिरेलाई नेपाल विद्यार्थी संघको सभापतिमा मनोनित गर्ने भएका छन् । विद्यार्थी संघ र पार्टीभित्र चुनावमा अन्तरघात गर्नेलाई नै पार्टीले सभापति बनाउन थालेको भन्दै चर्चा चुलिएको छ ।

तत्कालीन अध्यक्ष नैनसिंह महरले माघ २८ गते राजिनामा दिएसँगै नेविसंघ नेतृत्व विहिन बनिरहदाँ पछिल्लो समय व्यक्ति पिच्छे नेपाली काँग्रेस पार्टीमा गुट–उपगुटको हाबी हुँदा संगठनको नेतृत्वमा पनि बिभिन्न विद्यार्थी नेताको चर्चा चुलिने क्रममा रहेको छ ।
२०७४ साल पौष २८ गते प्रदेश र प्रतिनीधि सभाको निर्वाचन पार्टीलाई गरेको भन्दै वडा अध्यक्ष दिरेप चौधरी सहित दर्जनौ नेता कार्यकर्तालाई कारवाहीको लागी सिफारीस गरेको हो । उक्त सिफारीसमा सह महामन्त्री घिमिरे पनि परेका थिए ।

निर्वाचनमा पार्टीका नेतालाई सहयोग गर्नुको सट्टा भित्र भित्रै अन्तरघात गर्ने सह-महामन्त्री घिमिरेलाई पार्टी सभापति शेर बहादुर देउवाले नेविसंघको जिम्मेवारी सुम्पीदा नेता कार्यकर्ता रुष्ट बन्दै अन्तरघाती नेताले संगठनलाई कसरी अगाडी बढाउला भनेर चिन्तीत बनेका छन् ।

निर्वाचनामा तत्कालिन एमाले र माओवादी पार्टीसंग लज्जास्पद हार ब्यहोरेको कांग्रेसले पार्टीका नेता कार्यकर्ताले अन्तरघात गरेको भन्दै छानबिन समित गठन गरेको थियो ।