१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय लोकसभा चुनाव : प्रधानमन्त्री मोदी फेरि बनारसबाट उम्मेदार बन्ने



अ+ अ-

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी लोकसभा चुनावमा फेरि बनारसबाट उम्मेदार बन्ने भएका छन्  । सन् २०१४ को लोकसभा चुनावमा पनि मोदी बनारसबाटै लडेका थिए । उक्त चुनावमा उनले विपक्षी भारतीय राष्ट्रिय कंग्रेसका उम्मेदवार मधुसूदन मिस्त्रीलाई करिब ६ लाख मत अन्तरले पराजित गरेका थिए ।

बिहीबार साँझ भाजपा मुख्यालयमा पत्रकार सम्मेलन गर्दै त्यस्तो घोषणा गरिएको हो । मोदीसँगै भारतीय जनता पार्टी (भाजपा) ले उम्मेदवारहरूको १८४ जना उम्मेदवारको पहिलो सूची पनि सार्वजनिक गरेको छ ।

पार्टीद्वारा सार्वजनिक गरिएको पहिलो सूचीमा वरिष्ठ नेता तथा पूर्व अध्यक्ष लालकृष्ण आडवाणी भने अटाएका छैनन् । बरु उनको निर्वाचन क्षेत्र गुजरातको गान्धीनगरबाट पार्टीका वर्तमान अध्यक्ष अमित शाहलाई उम्मेदवार बन्ने भएका छन् । बिहीबार जारी सूचीमा मोदी सरकारका वरिष्ठ मन्त्री तथा पार्टीका उच्च नेताहरू पनि अटाएका छन् ।

पार्टीका पूर्वअध्यक्ष तथा मोदी मन्त्रिमण्डलका वरिष्ठ मन्त्री राजनाथ सिंह भने उत्तर प्रदेशको राजधानी लखनउबाट उठ्ने भएका छन् । अर्का वरिष्ठ मन्त्री नीतिन गड्करी पनि पुनः एकपटक नागपुर सिटबाटै चुनाव लड्ने छन् ।

पार्टीले उत्तर प्रदेशको चर्चित चुनावी क्षेत्र अमेठीबाट यस पटक पनि केन्द्रीय मन्त्री स्मृति इरानीलाई नै उठाउने निणय गरेको छ । सन् २०१४ को चुनावमा पनि सोही क्षेत्रबाट उम्मेदार बनेकी इरानी विपक्षी भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीसँग एक लाखभन्दा बढीको भोट अन्तरले हारेकी थिइन् ।

प्रमुख विपक्षी भारतीय राष्ट्रिय कांग्रेसले भने यसअघि नै १४६ उम्मेदवारको सूची सार्वजनिक गरिसकेको छ । भारतको निर्वाचन आयोगले दुई साताअघि सात चरणमा गर्ने गरी ५४३ सदस्यीय लोकसभा चुनाव घोषणा गरेको थियो ।

सन् २०१४ को चुनावमा भाजपा एक्लैले २८२ सिट प्रस्ट बहुमत ल्याएको थियो भने जब कि विपक्षी कंग्रेस इतिहासकै सबैभन्दा कमजोर नतिजा निकाल्दै ४४ सिटमा सीमित हुन पुगेको थियो ।

भारतमा आगामी २८ चैतदेखि हुने १७ औं लोकसभाको चुनाव हुनेछ ।