१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतविरुद्ध नेपालले ४–४–२ को फर्मेसनमा खेल्ने, घरेलु मैदानमा बदला लिने मौका



अ+ अ-

बिराटनगर । पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उट्घाटन खेलमा भारतविरुद्ध निरु थापाको कप्तानीमा नेपाल मैदानमा उत्रिदैछ ।

विराटनगरस्थित शहिद रंगशालामा केहीबेरमा सुरु हुने खेलमा नेपालको कप्तान निरुले सम्हाल्ने भएकी हुन् । भारतविरुद्ध नेपालले ४–४–२ को फर्मेसनमा खेल्ने भएको छ ।

साफ महिला च्याम्पियनसीपमा सुरुका तीन संस्करण (२०१०, २०१२, २०१४), सागमा दुईपल्ट (२०१०, २०१६) र हिरो गोल्डकप (२०१९) को फाइनलमा नेपाल चुकेको छ ।

तर यो सिजनमा नेपालले आफ्नै मैदानमा भारतलाई हराउने मौका मिलेको छ ।

सेमिफाइनलमा श्रीलंकालाई हराउँदै नेपाल फाइनलमा पुगेको हो । भारतले बंगलादेशलाई पराजित गरेको थियो । बिराटनगरस्थित सहिद रंगशालामा खेल ३ बजे सुरु हुनेछ ।

नेपाली टिम

गोलकिपर – एञ्जिला सुब्बा

डिफेन्डर – हिरा भुजेल, गीता राना, अमृता जैसी, मनमाया लिम्बु

मिडफिल्डर – अनिता बस्नेत, दिपा राई, मञ्जली कुमारी योञ्जन, रेनुका नगरकोटी

फरवार्ड – निरु थापा (कप्तान), सावित्रा भण्डारी