८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सरकारसँग प्रश्न गर्न गएकी दिलकुमारी “सम्माननीय अध्यक्ष महोदय” भनेर फर्किन !

सरकारसँग प्रश्न गर्न गएकी दिलकुमारी “सम्माननीय अध्यक्ष महोदय” भनेर फर्किन !
अ अ+ अ-

सम्माननीय अध्यक्ष महोदय,

गाई नेपालको राष्ट्रिय जनावर हो । गाईसँग हाम्रो धार्मिक आस्था पनि जोडिएको छ । मानव सभ्यतामा गाई लामो समयदेखि मानिसहरूको सारथि बन्दै आइरहेको जनावर हो ।

पछिल्लो समय शहरी क्षेत्रमा गाई उपेक्षाको शिकार बनिरहेको छ । दूध दिँदासम्म पाल्ने र त्यसपछि सडकमा बेवारिसे छाडिदिने क्रम बढेको छ । यो कार्य अमानवीय त छँदैछ, निन्दनीय पनि हो ।

काठमाडौंका सडकमा गाईहरू बेवारिसे ढंगले छाडिएका छन् । जसका कारण सडक फोहोर त भएको छ नै दुर्घटना समेत बढेको छ ।यो समस्या काठमाडौंमा मात्र होइन रहेछ । राष्ट्रिय सरोकार तथा समन्वय समितिबाट कार्यक्रमको शिलशिलामा केही दिनअघि हामी धनगढी पुगेका थियौं । त्यहाँ झन विकराल समस्या रहेको पायौं ।

सडकमा हुलका हुल गाईवस्तु देखिए । दिउँसोको समयमा जंगलतिर चर्न जाने हुनाले अलि कम देखिए पनि रातको समयमा सबै गाईवस्तु सडकमा फर्किने रहेछन् । जसले गर्दा यातायात आवागमनलाई पनि प्रभावित पारिरहेको पाइयो । दिनहुँजसो दुर्घटना हुने गरेको स्थानीयले बताए ।

सम्माननीय अध्यक्ष महोदय मार्फत सरकारलाई प्रश्न गर्न चाहन्छु, यसरी छाडा छाडिएका गाईवस्तुको संरक्षण र व्यवस्थापनमा राज्यको ध्यान किन गइरहेको छैन ?
सडकमा गाईवस्तु जथाभावी छाड्नेलाई कारवाही किन हुँदैन ? यस्तो अमानवीय कार्यमा संलग्नलाई कानूनको दायरामा ल्याइयोस् ।

सडकमा कष्टकर र बेवारिसे ढंगले रहिरहेका गाईवस्तु व्यवस्थापनमा राज्यको ध्यान तत्काल जाओस् । कुनै निश्चित ठाउँमा गौशाला निर्माण गरी गाईवस्तुलाई राख्ने व्यवस्था गर्ने पो हो कि !

केही दिनअघि मैले समाचारमा पढेको थिएँ, दाङमा यस्ता गाईवस्तुको संरक्षणमा स्थानीय युवाहरू नै जुटेका छन् ।


४ बिघा जग्गा भाडामा लिएर उनीहरूले शुरू गरेको गौशालामा अहिले २ सयभन्दा बढी गाई राखिएको रहेछ । गाईवस्तुको मलमूत्र बिक्री र त्यहाँबाट उत्पादन हुने मल सदुपयोग गरी खेतीपाती गर्दा उनीहरूले वार्षिक ६÷७ लाख रुपैयाँ आम्दानी समेत गरिरहेका रहेछन् ।

देशका अन्य ठाउँमा समेत यो विकल्पतर्फ सरकारले सोच्ने पो हो कि ! यस्तो कार्य गर्न चाहने युवालाई राज्यले केही सहुलियत दिएर प्रोत्साहित गर्न सके समस्या केही हदसम्म समाधान हुन सक्थ्यो कि !

सम्माननीय अध्यक्ष महोदय,
सडकमा समस्या अर्को पनि छ, कुकुरहरूको ।

हालसालैको एक अध्ययन अनुसार नेपालमा ३० लाखभन्दा बढी कुकुर रहेको तथ्याङ्क छ । काठमाडौं उपत्यकामा मात्र २० हजार भन्दा बढी कुकुर सडकमा छन् । उपत्यकाभित्र घरपालुवा कुकुरको संख्या १ लाखभन्दा बढी रहेको अनुमान छ ।
सडकमा रहेका कुकुरहरूका कारण यातायात आवागमनमा समेत प्रभाव परिरहेको छ । रेबिज जस्ता रोगहरूको प्रकोप फैलिने खतरा पनि छ । यस्ता कुकुरहरूको नियन्त्रण र व्यवस्थापनमा राज्यको ध्यान जान सकिरहेको छैन ।

सडकमा रहेका यस्ता कुकुरहरूलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने कुरामा राज्यको ध्यान तुरुन्त जाओस् । यिनीहरूलाई कतै एकतृत गरेर व्यवस्थापन गर्ने या अन्य कुनै विकल्प हुन्छ, त्यसतर्फ यथाशीघ्र सोच्न सम्माननीय अध्यक्ष महोदयमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।
धन्यवाद !