१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज शनिबार, शनिदेवको सम्मान स्वरुप एक सेयर गर्दै हेर्नुहोस् तपाईको भाग्य र भबिष्य



अ+ अ-


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) माया प्रेममा सामिप्यता बडेर जानेछ । ब्यापार ब्याबसायबाट मनग्गे आम्दानि हुनेछ । प्रयासमा सफलता प्राप्त हुने दिन छ, प्रतिष्ठित व्यक्तिसित सहयोग लिन सकिन्छ । आफन्त जन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईयला । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । बिद्यामा तपाईले गरेको मेहनेत खेर जाने छैन ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) बन्दव्यापारमा उतारचढाव आइरहने छ । शुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ ।आर्थिक तनाव कायम रहने देखिन्छ । अरुको भर विश्वासमा मात्रै काम नगर्नु होला । पढाईमा अवरोध आउनेछ ।निराशा हुने र भाग्यबलमा कमी भएको अनुभूति हुनेछ । व्यवहारिक कारणले पारिवारिक जीवनमा तलबितल पर्न सक्छ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) घरयासी समस्या खासै समाधान हुने छैनन् ।आम्दानि नहुने हुनाले दैनिक गुजार ऋणलिएर चलाउनु पर्ने बाध्यता आउनेछ । प्रतिष्ठा वचाएर काम गर्नु होला । मानसिक चिन्ता थोरै घट्नेछ ।व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ सचेत रहनुहोला । आफन्तका कारण आलोचित हुनु पर्नेछ ।पढाई लेखाई अथुरै रहनेछ भने नतिजा अरुतिर जानेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाढि बढ्न सकिनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ ।घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ ।समाजमा बोलिको प्रभाव बढ्ने हुनालेबोलेरै थेरै कामहरु गर्न सकिनेछ । यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिर्य घट्ना घट्न सक्छ ।निराशा र वैराग्यका भावनाहरू देखा पर्ने सम्भावना छत्यसैले पारिवारिक सम्बन्ध वा सन्ततिका विषयमा विवादको परिस्थिति पनि आउन सक्छ । जीवन साथिको सहयोग नपाउदा कामहरु थाति रहनेछन् । काम गर्दा गोपनियता अप्नाउनु बढि उचित हुनेछ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । । सम्पतिको विषयलाई लिएर विवाद नपर्ला भन्न सकिन्न ।पारिवारिक समस्या देखा पर्न सक्छन् । प्रतिस्पर्धामा फाइदा हुँदैन । आफन्त बनेर धोेका दिन सक्छन् सके सम्म आर्थिक कारोवार नगर्नु होला । आश्वासनको भर नपर्नु होला ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ काम पाउँने तथा गरिरहेको ठाउँमा बढुवा हुनेछ । सन्तुष्टिको अनुभूति हुनेछ । आफुले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् । कुनै कामको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति पाउने योग रहेकोछ


बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ऋण,रोग तथा सत्रुबाट छुटकरा पाउने समय रहेकोछ । प्रतिष्पर्धिहरुलाई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ। मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ । सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । हाँकेका, ताकेका कुरामा सफलता मिल्नेछ। प्रेममा सामिप्यता बढेर जानेछ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बन्दव्यापारबाट बेफाइदा हुँदैन । समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । गरेका काम ढिलो गरी सम्पन्न हुनेछन् । नातागोताभित्रका सदस्यहरूको समस्यामा रुमल्लिनु पर्ने समय छ।माया प्रममा अबिश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछ । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् ।प्रतिष्पर्धिहरुलाई परास्त गर्दै नतिजा आफुतिर ल्याउन सकिनेछ स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । पारिवारिक जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । वादविवादमा विजय प्राप्त हुनेछ। आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द ) निर्णयात्मक शक्ति बढ्नेछ ।प्रतिष्पर्धिहरुलाई हराउँन सकिनेछ ।। कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ ।इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । घरायसी वातावरणमा सुधार आउने छ, पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ ।



मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि ) लेनदेन कारोवारमा विवाद पर्न सक्ने कुरालाई नकार्न सकिन्न ।घर परिवारको चिन्ताले छोड्ने छैन ।समयमा निर्णय लिन सकिएन भने आफ्नो काममा अरुले अधिकार जमाउन छन् । आफन्तका लागि धन खर्च गर्नु पर्ला । अनावस्यक घुमाई फिराई बढि हुनेछ । काम गरेर अपयश मात्रै मिल्ला ।आफुमा भएको उर्जाको सदुपयोग गर्नु होला । कारोवारमा ध्यान दिनु होला ।