१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानी बाहिरका ठूला विमानस्थल समयमै बन्ने



अ+ अ-

काठमाडौँ ।अन्तर्रा्ष्ट्रिय विमानको चाप कम गर्दै पर्यटन प्रवद्र्धन गर्ने प्रमुख लक्ष्यसहित काठमाडौंबाहिर निर्माणाधीन दुई ठूला विमानस्थलको निर्माण तोकिएको समयभित्रै सम्पन्न हुन सम्भावना बढेको छ ।

अहिलेकै गतिमा काम भए गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल भैरहवा र पोखरा क्षेत्रीय विमानस्थलको निर्माण समयमै सकिने जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना अन्तर्गत ती परियोजना प्राथमकिताका साथ अगाडि बढाएको हो ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको दुवै विमानस्थलको निर्माण कार्य द्रुत गतिमा अगाडि बढाइएको छ । भैरहवा र पोखरा विमानस्थलको वर्ष्दिन यताको प्रगतिले समयभित्रै सम्पन्न हुने आधार तयार गरेको नागरिक उड्डयन मन्त्रालयको अध्ययन अनुसन्धान शाखाका उपसचिव दुर्गा भुर्तेलले बताको खबर गोरखापत्र दैनिकमा खबर छ ।