१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पक्राउ परेको विप्लबका नेतासँग २२ वटा सिमकार्ड



अ+ अ-

काठमाडौं । सरकारले प्रतिबन्ध लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ का नेताहरुले धेरै वटा सिमकार्ड प्रयोग गर्न थालेको छन् । उनीहरको पुराना सिमकार्ड फाल्ने र नयाँ नयाँ सिमकार्ड प्रयोग गर्दै आएको अनुसन्धानमा खुलेको छ ।

शुक्रबार पक्राउ परेका सो पार्टीका नेता हेमन्तप्रकाश ओली र उनका सहयोगीसँग २२ वटा सिमकार्ड भेटिएको छ र विगतमा प्रयोग गरेका सिमकार्ड उनीहरुले फालिसकेको प्रहरीले जनाएको छ । बरामदमध्ये कतिपय सिमकार्ड प्रयोग नगरिएका समेत छन् । ओलीले आफूले पक्राउ पर्ने डरले कार्यकर्ताकै सिमकार्ड धेरै प्रयोग गर्ने र पुराना सिमकार्ड प्रयोग गर्ने गरेको समेत खुलेको खबर नयाँ पत्रिका दैनिमा प्रकाशित छ ।