१६ भाद्र २०८३, मंगलवार
,
Latest
पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन (तस्बिरसहित) सामाजिक सञ्जालमा भाइरल गन्तव्यः सुन्दरताभित्र लुकेको जोखिम कृष्णभीर पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुलाउन कम्तीमा १५ दिन लाग्ने पोखरामा १०२ शवको पोस्टमार्टम सम्पन्न, पहिचान हुन नसकेका ७८ शवको सुरक्षित व्यवस्थापन गण्डकी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध जलवायु परिवर्तनको प्रभावलाई पनि राखेर हेर्दा यो जोखिम अहिले भोटेकोसी र रसुवामा आएको जोखिममा मात्र… प्रतिनिधिसभा बैठक बुधबार बस्दै भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता झाङ्मु पोर्ट अनिश्चितकालको लागि बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला प्रहरी कार्यालयकै फेसबुकमा अस्लील तस्विर



अ+ अ-

काठमाडौं । जनता सचेत गराउने प्रहरीको काम के हो ? सुन्दा पनि अच्चम लाग्छ । जिल्ला प्रहरी कार्यालय गोरखाको फेसबुक पेजमा अस्लील तस्विर पोष्ट गरिएको छ ।
सो अस्लील तस्बिर सोमबार साँझदेखि मंगलबार बिहानसम्म पनि यथावत रहेको छ।

सो फेसबुक एकाउन्ट बारे प्रहरी प्रमुख एसपी भोला रावलले पेज अरु कसैले चलाएको हुनसक्ने जानकारी दिए। ‘पेजमा यस्तो देखिएपछि तनाब हुन थालेको छ। रातभरि सुत्न पनि पाएको छैन’, एसपी रावलले भने, ‘विभिन्न ठाउँबाट फोन आइरहेका छन्। हामी निरन्तर त्यसलाई हटाउन र कसले यस्तो गर्यो भनेर पत्ता लगाउन लागिपरेका छौं।’ सिआईबीको समेत प्रयोग गरिएको उनले बताए।