२९ मंसिर २०८२, सोमबार
,
Latest
एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त प्रधानाध्यापक ठाकुरविरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर अग्नि खरेलले छाडे ओलीको साथ, सचिवमा स्वतन्त्र उम्मेदवारी दर्ता एमाले महाधिवेशनः भीम आचार्यद्वारा उपाध्यक्ष पदमा मनोनयन दर्ता यु–१९ एसिया कपः बङ्गलादेशद्वारा नेपाल पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोली हानाहानपछि भागेका विप्लवका कार्यकर्ताको अछाममा खोजीकार्य तीव्र



अ+ अ-

डोटी । जिल्ला प्रहरी कार्यालय अछामले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका चार नेता कार्यकर्ता पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले दिनुभएको जानकारीअनुसार जिल्लाको रामारोशन गाउँपालिकाको झाता गाउँमा गस्तीमा गएको प्रहरी टोलीमाथि ‘विप्लव’ समूहका कार्यकर्ताले गोली चलाएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा विप्लव समूह निकट अखिल क्रान्तिकारीका अछाम जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा सङ्गठनका जिल्ला सदस्य सुरेश साउद, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी भुमिसरा धामी र युवा सङ्गठनका राजेन्द्र धामी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

रामारोशन गाउँपालिकाको झाता गाउँमा ‘विप्लव’ समूहका कार्यकर्ता रहेको थाहा पाएपछि प्रहरी टोली मङ्गलबार त्यहाँ पुगेको थियो । झाता गाउँमा पुगेको प्रहरी टोलीमाथि सो समूहका कार्यकर्ताले गोली चलाएपछि प्रहरीले पनि जवाफी फायर खोलेको प्रहरी नायब उपरीक्षक शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “नौ जनाको समूहमा रहेका ‘विप्लव’ समूहले प्रहरी टोलीमाथि पहिला गोली चलाएकाले हामीले जवाफी फायर खोलेपछि पाँच जना भागेका र चारलाई पक्राउ गरी ल्याएका छौँ ।”

उता नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका डोटी इन्चार्ज शेरबहादुर देउवाले अछाममा हाम्रो टोलीले फायरिङ नगरेको र प्रहरीले एकाएक फायर गरी आफ्नो समूहका केही व्यक्तिलाई पक्राउ गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो टोलीले फायर गरेकै छैन, विनाकारण आरोप लगाएर प्रहरीले हाम्रा केही साथी पक्राउ गरेको हो ।”

उता जिल्ला प्रहरी कार्यालय अछामले प्रहरी र विप्लव कार्यकर्ताबीच दोहोरो भीडन्त भएको र आफ्नो तर्फबाट सात राउण्ड फायर भएको बताएको छ । त्यस्तै प्रहरीले गोली चलाउँदा भाग्ने क्रममा अछामका इन्चार्ज शेरबहादुर विक ‘दर्शन’ को खुट्टामा चोट लागेको बताइएको छ । प्रहरीसँगको मुठभेडपछि भागेका पाँच कार्यकर्ता तथा उनीहरुसँग भएको हतियार खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । अछाममा अहिले प्रहरी सुरक्षा कडा पारिएको बताइएको छ । दोहोरो भीडन्तमा प्रहरीतर्फ कुनै क्षति नभएको अछाम प्रहरीले जनाएको छ ।