१६ भाद्र २०८३, मंगलवार
,
Latest
सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भित्र लगानी सम्मेलन, उद्योगमन्त्री बाहिरै !



अ+ अ-

काठमाडौं । सोल्टी होटलमा शुक्रबार बिहान शुरु भएको लगानी सम्मेलनमा उद्योगमन्त्री बाहिरै थिए, भित्र भाषण चलिरहेको थियो । त्यसो त उनी यस सम्मेलनको तयारीमा नै ‘छायाँ’मा परेका थिए । उक्त सम्मेलनको उद्घाटन बडो भव्य रुपमा भयो र मन्त्रीहरु अघिल्लो सिटमा बसे । तर पनि उद्योगमन्त्री मात्रिका यादव भने नत भब्य उद्घाटन समारोहमा नै थिए र नत मन्त्रीहरुको लाइनमा नै बस्न पाएका थिए ।


मञ्चमा थिए प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडा । अरु मन्त्रीहरु हलको अग्रसनमा थिए । तर, उद्योगमन्त्री त्यहाँ थिएनन् । उनी कार्यक्रम स्थलमा भने पुगेका हुन् । तर सिट पाएनन् । सिट नपाएपछि झोक्किएर बहिर निस्के र कार्यक्रमको हलबाहिरै बसे ।


उद्योगमन्त्री यादवले सम्मेलन भने त्यहीँ बसेर हेरे । स्क्रिनमा उद्घाटन समारोह हेर्न मिल्ने गरी बनाइएको हलको अन्तिम लहरमा उनी बसे । आफूलाई बेवास्ता गरिएकोमा उनी असन्तुष्ट रहेको प्रष्टै देखिन्थ्यो तर, पत्रकारसामू अघिपछिजस्तो आज भने उनी खुलेनन् । गफिने क्रममा भने ‘पैसा नहुनेले राजनीति गर्न नहुने रहेछ’ भनेको सुनियो ।