२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रश्नपत्र बाहिरिएको जिम्मेवारी केन्द्र सरकारले लिनुपर्छ : मुख्यमन्त्री राउत



अ+ अ-

जनकपुर । लगातार दुइ दिन एसइईको प्रश्नपत्र बाहिरेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले घटनाको जिम्मेवारी केन्द्र सरकारले लिनुपर्ने बताएका छन्। उनले प्रदेश २ को बदनाम गर्न खोजिएको दाबीसमेत गरे।

विज्ञान र सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक भएपछि मुख्यमन्त्री राउतले प्रदेश सरकारले नभएर केन्द्र सरकारका निकायले नै प्रश्नपत्र जिम्मेवार हुने मुख्यमन्त्री राउतको भनाइ छ।

एसइईको प्रश्नपत्र आउट हुनु प्रदेशका लागि अति नै दुःखदायी घटना भएकाको मुख्यमन्त्री राउतले दोषीमाथि कारबाही गर्न केन्द्र सरकारसँग माग गरेका छन्। ‘छानबिनको नाममा समय गुजार्ने प्रचलन छ’, उनले भने, ‘परीक्षाको प्रश्नपत्र आउट प्रकरण गम्भीर भएकाले छिटोभन्दा छिटो कारबाही हुनुपर्छ।’

मुख्यमन्त्री रावतले प्रदेश सरकारलाई बदनाम गराउन केन्द्र सरकार लागी परेको समेत आरोप लगाए। ‘संघीयतालाई नरुचाउनेहरुले षडयन्त्र गरेका हुन्। शिक्षाप्रतिको रुचि बढ्दै गएको अवस्थामा प्रदेशलाई बदनाम गराउने प्रयास भइरहेको छ’, राउतले असन्तुष्ट व्यक्त गर्दै भने।