१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

वाइडबडी एक अर्ब ६६ करोड घाटामा

वाइडबडी एक अर्ब ६६ करोड घाटामा
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइडबडी उडानमा एक अर्ब ६६ करोड रुपैयाँ घाटा भएको छ। वाइडबडीले पूर्णक्षमतामा उड्न नपाएको, लामो दूरीको उडान गर्न ल्याएको जहाज भित्रिएको १० महिनासम्म पनि न्यारोबडीकै गन्तव्यमा उडान गरिरहेको, दैनिक उडान १६ घण्टाभन्दा बढी हुनुपर्नेमा नौ घन्टा मात्रै भएकोलगायत कारण घाटामा गएको निगमले जानकारी दिएको छ।

वाइडबडीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा दुई अर्ब ३९ करोड रुपैयाँ कमाएको छ। यस्तो आम्दानीमा यसको उडान खर्च नै दुई अर्ब १२ करोड छ। अन्य खर्च पनि अत्यधिक हुन्छ। निगमले गरेको आम्दानी र खर्चको तुलनामा साउदेखि पुससम्म एक अर्ब ६६ करोड रुपैयाँ घाटामा गएको निगमका सहप्रवक्ता नवराज कोइरालले बताए। उनले भने, ‘यो घाटा मासिक औसतमा २७ करोड रुपैयाँभन्दा बढी हो।’

निगमले वाइडबडी जहाज किन्न लिएको २४ अर्ब ऋणबापतको किस्ता नै हरेक ३÷३ महिनामा ८० करोड ८२ लाख रुपैयाँका दरले तिर्नुपर्छ। मासिक वाइडबीको तिर्ने यस्तो किस्ता २६ करोड ९४ लाख रुपैयाँ हुन्छ। ‘निगमको वाइडबडीले लामो दूरीको उडान गन्तव्यअन्तर्गत जापान, कोरिया र चीनमा उडान गर्ने तयारी गरेको छ। जबसम्म वाइडबडीले लामो दूरीमा उडान गर्न सक्दैन तबसम्म यसले कमाएको पैसाले यसैको खर्च धान्न सक्दैन’, कोइरालाले भने।

वाइडबडीले साउनदेखि पुससम्ममा एक लाख ३४ हजार पाँच सय ७३ जना यात्रु र ६ लाख ९४ हजार २० किलो कार्गो बोकेको छ। वाइडबडीले मासिक ७० प्रतिशतभन्दा बढीको सिटमा यात्रु उडान गरिहेको छ। यसको औसत सिट उपभोग ७२ प्रतिशत छ। निगमको वाइडबडी जहाज भित्रिएको १० महिनामा पनि पूर्णक्षमतामा उडान गर्न नपाएको कारण यसले हरेक तीन महिनामा तिर्नुपर्ने ब्याज र किस्ता रकम तिर्न समस्या परेको छ। पहिलो असोज मसान्तमा ९पूरै किस्ता० ८० करोड ८२ रुपैयाँ तिर्न सकिएको थियो। त्यसपछिका महिना वाइडबडीले अपेक्षाअनुसार आम्दानी र उडान गन्तव्य नपाएका कारण घाटमा भएकाले पुस मसान्तमा तिर्नुपर्ने दोस्रो किस्ता तिर्न सकेन। निगमले दोस्रो किस्ताको रकम ऋणदाता निकाय कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई विशेष अनुरोध गरेर ऋणमै थप गरेको छ। निगमले दोस्रो किस्ताका लागि ब्याज तिर्न नसकेको कारण सावा वापतको जम्मा १० करोड रुपैयाँ मात्रै तिरेको थियो।

किस्ता तिर्न निगमले माग्यो पाँच अर्ब

यही चैत मसान्तमा तेस्रो किस्ता दिनुपर्ने दिन नजिकिँदै गएको भए पनि कसरी तिर्ने भनेर अझै अन्योल रहेको कोइरालाले बताए। निगमले यस अघि सरकारसँग निगमको पुँजी वृद्धि गर्न र तत्कालै सरकारले २० अर्ब रुपैयाँ लगानी गर्नुपर्ने प्रस्ताव गरेको थियो। निगमको यो प्रस्तावलाई सरकारले स्वीकार नगरेपछि निगमले अहिले जम्मा पाँच अर्ब रुपैयाँ दिन अनुरोध गरेको छ। यो पाँच अर्ब आयो भने कम्तीमा निगमलाई पाँच महिनाको किस्ता तिर्न पुग्ने र केही राहत पाइने भनाइ निगमका सहप्रवक्ता कोइरालाको छ।

न्यारोबडी पनि ११ करोड घाटामा

निगमको अन्तर्राष्ट्रिय उडानमा प्रयोग भइरहेको एयरवसको ए३२०–२०० सिरिजको एक सय ५८ सिट क्षमताको न्यारोबडी पनि चालु आवको पहिलो ६ महिनामा घाटामा गएको छ। गत साउदेखि पुस मसान्तसम्मको तथ्यांकअनुसार न्यारोबडी पनि ११ करोड रुपैयाँले घाटामा गएको कोइरालाले बताए। उनले भने, ‘यो अवधिमा निगमले एक लाख ५५ हजार नौ सय ७६ जना यात्रु र चार लाख ८९ हजार ६ सय ९७ किलो कार्गो बोकेको थियो। यो सेवाबाट दुईवटा न्यारोबडीले दुई अर्ब ३१ करोड रुपैयाँ आम्दानी र एक अर्ब ४८ करोड खर्च भएको छ। यसले प्रत्येक त्रैसमासमा किस्ता तिर्नुपर्ने हुँदा ११ करोड घाटा छ।’

दुवै जहाजलाई किस्ता तिर्न समस्या

चालु आवको पहिलो ६ महिनासम्म न्यारोवडी र वाइडबडी दुवै प्रकारको जहाज घाटामा गएकाले वाइवडीका लागि तेस्रो र न्यारोबडीको निम्ति १४औं किस्ता तिर्न समस्या भएको छ। दुवैै प्रकारको किस्ता तिर्न समस्या भएको छ। निगमसँग नगद अभाव भएकाले सरकारलाई निगमको अवस्था र यसलाइ आवश्यक रकम पुँजी थप गरेर तिरिदिन अनुरोध गरेको उल्लेख छ। न्यारोबडीले भने हालसम्म नियमित किस्ता तिरिरहेको छ। न्यारोवडी पनि १० अर्ब रुपैयाँ सञ्चयकोषबाट ऋण लिएर किनेको हो। न्यारोबडीको प्रतिकिस्ताबापत ३३ करोड ९ लाख रुपैयाँ तिर्दै आएको छ। दुवै प्रकारको जहाजको किस्ता १५ वर्षसम्मका लागि हो।

दिल्ली र दुवाई उडान घट्यो

निगमले दैनिक दुईवटा उडानका दरले सातामा १४ वटा उडान भारतको दिल्लीका लागि गर्दै आएकामा अब भने तीनवटा उडान घटाएर सातामा ११ वटा बनाएको छ। दुबई उडान पनि दैनिक एउटाका दरले हप्तामा सात वटा थियो। अब, दुबई उडान हप्तामा तीनवटा मात्रै उडान हुने निगमले जानकारी दिएको छ। यही चैत १८ देखि हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतका कारण रातिको उडान दिउँसो सार्नुपरेको र उडान तालिका मिलाउन निगमले न्यारोबडीका लागि करिब दोब्बर यात्रु बोक्ने वाइडबडी पठाउने भएको छ। निगमले दुबईमा एक सय ५८ सिट क्षमताको न्यारोबडी जहाजले उडान गर्दै आएकामा अब दुई सय ७४ सिट क्षमताको बाइडबडी पठाउने जानकारी पनि दिएको छ। अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।