१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

प्रधानमन्त्री ओलीको दुई दिने उद्घाटन कार्यक्रम : कलेजदेखि पशुपंक्षी बजारसम्म

प्रधानमन्त्री ओलीको दुई दिने उद्घाटन कार्यक्रम : कलेजदेखि पशुपंक्षी बजारसम्म
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहनगर दमकको दुई दिने भ्रमण र्ने भएका छन् ।यसै क्रममा ओलीले आइतबार देखि सोमबारसम्म दमकमा हुने कार्यक्रममा पनि सहभागी हुनेछन् । गृहनगरको दुई दिने बसाईमा प्रधानमन्त्री ओली उद्घाटन कार्यक्रममै व्यस्त रहनेछन्।

ओलीले मंगलबारेमा रहेको मदनभण्डारी स्मृति प्रतिष्ठानको रजतजयन्ती शुभारम्भको उद्घाटन गर्ने छन् भने प्रतिष्ठानको हाताभित्र रहेको मदनभण्डारी पार्क तथा इन्जिनियरिङ कलेजको उद्घाटन गर्ने कार्यतालिका रहेको .स्रोतले बताएको छ ।

त्यस्तै, उर्लाबारीको कार्यक्रममा सहभागी भएपछि दमक नगरपालिकाको प्रशासनिक भवनको अपरान्ह ३ बजे समुद्घाटन गर्ने कार्यतालिका रहेको छ।

भवनको उद्घाटन पछि १ नम्बर प्रदेश स्तरीय त्रिदिवसीय वृहद वाङ्मय सङ्गोष्ठीको पनि उद्घाटन गर्ने प्रधानमन्त्री स्वकीय सचिवालय अन्र्तगत विकास तथा जनसम्पर्क अधिकारी होम थापाले जानकारी दिए।

त्यस्तै प्रधानमन्त्री ओलीले सोमबार पशुपंक्षी हाट बजारको उद्घाटन गर्ने बताइएको छ।