विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले भागवण्डा खोजेको कारण सरकारमाथी एकलौटी गरेको आरोप लगाए बताएका छन् ।
प्रदेश १ का विभिन्न कार्यक्रमा भाग लिन आइतबार विराटनगर आइपुगेका प्रधानमन्त्री ओलीले
सबैकुरामा प्रतिपक्षी कांग्रेसले भागवण्डा खोजेकोकारण सरकारमाथी एकलौटी गरेको आरोप लगाएको दाबी गरे ।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ओलीले निर्वाचन आयोगका फ्रमुख आयुक्त नियुत्तिका विषयमा पनि सरकारले एकलौटी निर्णय नगरेको दाबी गरे । कांग्रेस पार्टीका सभापति देउवासँग परार्मश गरिएको बताए ।
‘एकलौटी हैन । हाम्रो पार्टीका मान्छे नियुक्त गरेको पनि छैन । कांग्रेस पार्टीका सभापति देउवासँग परार्मश गरिएको थियो । निर्णय गर्ने बैठकमा बस्न नमान्नु भएको मात्रै हो,’ उनले भने ।