१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

प्रचण्ड बुहारी मगरलाई झट्का, विदेश भम्रणमा जान नपाउने

प्रचण्ड बुहारी मगरलाई झट्का, विदेश भम्रणमा जान नपाउने
अ अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले खानेपानी मन्त्री बिना मगरको विदेश भ्रमण अस्वीकृत गरेको छ। सोमबारदेखि शुक्रबारसम्म कोस्टारिकामा हुने भनिएको खानेपानीसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन मन्त्री मगर जाने तयारी भए पनि मन्त्रिपरिषद् बैठकले उनको भ्रमण अस्वीकृत गरेको हो।

मगरसँगै मन्त्रालयका सहसचिव तेजलाल भट्ट, खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दास तथा मन्त्रालयका उपसचिव टोलराज उपाध्याय पनि कोस्टारिका भ्रमणमा जाने कार्यक्रम तय गरिएको थियो। भट्ट, दास र उपाध्यायको कोस्टारिका भ्रमण कार्यक्रम मन्त्री मगरले नै स्वीकृत गरेकी थिइन्। मन्त्रीको विदेश भ्रमणसम्बन्धी निर्देशिका अनुसार मन्त्री र सचिवको विदेश भ्रमणलाई मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्नुपर्ने व्यवस्था छ तर सहसचिव र त्यसभन्दा मुनिका कर्मचारीको विदेश भ्रमणलाई सम्बन्धित मन्त्रीले स्वीकृति दिनुपर्छ।

खानेपानी मन्त्रालयका प्रवक्ता शंकर सुवेदीले मन्त्रीको कोस्टारिका भ्रमण रद्द भएको स्वीकार गरे। उनले भने, ‘मन्त्रीज्यूको भ्रमण रद्द भएको छ। उहाँको भ्रमण रद्द भएपछि उहाँसँगै जाने अन्य व्यक्तिको भ्रमण पनि रद्द भयो।’ मन्त्रीको विदेश भ्रमण कार्यक्रम किन रद्द भयो भन्नेबारेमा मन्त्रालयका उच्च कर्मचारी बोल्न चाहँदैनन्। ‘भ्रमण किन रद्द भयो, मलाई थाहा छैन’, सुवेदीले भने। स्रोतका अनुसार सामान्यतया बहालवाला मन्त्रीको विदेश भ्रमण प्रस्ताव मन्त्रिपरिषद्को बैठकले अस्वीकार गर्दैन। अनावश्यक विदेश भ्रमणबाट राज्यको करोडौंको व्ययभार बढेको समाचार आउन थालेपछि सरकारले विदेश भ्रमणमा कडाइ गर्न थालेको छ।

सरकारले केही महिनाअघि सार्वजनिक खर्च मितव्ययिता निर्देशिकासमेत समेत ल्याएको थियो। सो निर्देशिकामा मन्त्रीहरू विदेश भ्रमण जानै पर्ने बाध्यात्मक स्थितिमा बाहेक विदेश भ्रमण गर्न नपाइने व्यवस्था छ। तर यस्तो व्यवस्थालाई उल्लंघन गर्दै निर्देशिकापछि पनि मन्त्रीहरूको अनावश्यक विदेश भ्रमण कार्यक्रम जारी रहेको छ। पछिल्लो तीन महिनामा मात्र मन्त्रीको विदेश भ्रमणमा करिब २ करोड रूपैयाँ व्ययभार थपिएको थियो। मन्त्रीको अनावश्यक भ्रमणमा कडाइ गर्न मन्त्रिपरिषद्को बैठकबाट मगरको विदेश भ्रमण कार्यक्रम रद्द गरिएको स्रोतले बतायो। नागरिक दैनिकमा खबर छ ।