१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

यी मन्त्रीले विदेशी पाहुनाका अगाडी यसरी गरे बेज्जत !, जानीनजानी अंग्रेजी नै बोल्नै पर्ने किन ?

यी मन्त्रीले विदेशी पाहुनाका अगाडी यसरी गरे बेज्जत !, जानीनजानी अंग्रेजी नै बोल्नै पर्ने किन ?
अ अ+ अ-

काठमाडौं । सरकारले विदेशी लगानी भित्र्याउन आयोजना गरेको लगानी सम्मेलन हालै सम्पन्न भएको छ। चैत १५ र १६ गरी दुई दिनसम्म आयोजित लगानी सम्मेलन समापन भए पनि त्यसमा सहभागी मन्त्रीहरुको प्रस्तुति अहिले पनि चर्चामा छन्।

लगानी सम्मेलनको सत्रमा सहभागी भएर आफ्ना भनाइ राख्ने क्रममा उद्योग तथा वाणिज्य मन्त्री मात्रिका यादव, ऊर्जामन्त्री वर्षमान पुन तथा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठको प्रस्तुतिमा भाषागत कमजोरी प्रस्टै देखियो।

लगानी सम्मेलनको एक सत्रको छलफल कार्यक्रममा उद्योग मन्त्री यादवले लिखित विचारलाई निकै कठिनाइका साथ बोलिरहेको सुन्न सकिन्छ। अंग्रेजी उच्चारणमा समेत असहज मानिरहेका यादवले बोल्ने क्रममा एक ठाउँमा भनेका छन्, ‘इन पास्ट यु गो इधर एन्ड इधर फर वन जब, बट नाउ यु मस्ट नट गो इधर एन्ड इधर।’ उनले अटोमेसनका बारेमा सबैलाई थाहा भएको भन्दै यसको व्याख्या गर्न समय नभएको बताएका छन्। तर उनले भन्न खोजेको समय नभएर आवश्यकता थियो।

यादवले बोल्ने क्रममा निकै ठाउँमा गल्तीमात्र गरेका छैनन्, कतिपय अवस्थामा बोल्ने शब्द नपाएर अकमकिएको पनि देख्न सकिन्छ। उनले कार्यक्रममा बोलिरहँदा सहभागीहरु पटकपटक हाँसेको देखिन्थ्यो।

सम्मेलनको एक सत्रको अन्त्यमा बोलेका ऊर्जामन्त्री वर्षमान पुनले पनि लिखित भाषण गर्ने क्रममा असहज महसुस गरेको प्रस्टै बुझ्न सकिन्छ। पुनले अंग्रेजी भाषामा लिखित भनाइ राख्दा पनि कनीकुथी बोलेका छन्। उनले कतिपय शब्दको उच्चारण गलत ढंगले गरेका छन्। सम्मेलनकै सत्रमा बोल्ने क्रममा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री महासेठको प्रस्तुति पनि फितलो देखिएको छ। लिखित भाषण पढे पनि उनको प्रस्तुतिमा उच्चारणका क्रममा कमजोरी देखिन्छ भने उनले बोल्न समेत असहज महसुस गरेको सहजै पत्ता लगाउन सकिन्छ।

‘उच्च ओहदामा हुनेहरुमा अंग्रेजी नबोल्दा इज्जत जान्छ भन्ने कमजोर मनस्थितिले काम गरेको छ ।
नेपाली भिआइपीले जानीनजानी अंग्रेजी बोल्ने क्रममा कमजोर प्रस्तुति दिएको यो पहिलो घटना भने होइन। विगतमा विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुन जाँदा उच्च ओहदामा हुनेहरुबाट यस्ता गल्ती धेरैपटक दोहोरिएका छन्।

भाषागत दक्षता नहुँदानहुँदै पनि भिआइपीहरु किन अंग्रेजी नै बोल्न खोज्छन् रु लामो समय परराष्ट्र मन्त्रालयको अनुभव सँगालेका रामबाबु ढकाल उच्च ओहदामा हुनेहरुमा अंग्रेजी नबोल्दा इज्जत जान्छ भन्ने कमजोर मनस्थितिले काम गरेको बताउँछन्। ‘अन्तर्राष्ट्रिय मञ्चहरुमा बोल्दा आफूलाई जुन भाषामा सहज हुन्छ, त्यही भाषामा बोल्दा हुन्छ। अहिले प्रविधिले अनुवादको व्यवस्था पनि गरेकाले असहज महसुस गर्नुपर्ने अवस्था छैन,’ उपसचिवबाट अवकाशप्राप्त ढकालले भने।

ढकाल आफू परराष्ट्र सेवामा हुँदा कतिपय भिआइपीले अंग्रेजीमै बोल्ने बताउँदा देवनागरी लिपिमा पनि अंग्रेजीको भाषण तयार पारिदिने गरेको अनुभव सुनाउँछन्। ‘हामीले बोल्न अप्ठेरो हुँदा नेपालीमै बोल्नुस् भन्दा पनि जानीनजानी अंग्रेजीमा बोलेका कयौं उदाहरण छन्,’ उनले भने। मन्त्री वा ठूलो मान्छे भएपछि अंग्रेजी बोल्नै पर्छ भन्ने सोचका कारण यस्तो समस्या हुने गरेको उनी बताउँछन्। अन्तर्राष्ट्रिय अभ्यास हेर्दा वक्ताहरुले आफ्नै भाषा वा सहज लाग्ने भाषामा बोल्ने तर गलत नबोल्ने बरु त्यसलाई उल्था गराउने प्रचलन भए पनि नेपालको हकमा भने त्यस्तो नरहेको उनको अनुभव छ।

‘हाम्रोमा आफ्नै भाषामा बोल्यो भने सानो भइन्छ कि भन्ने सोचले काम गरेको देखिन्छ। त्यसैले जानीनजानी अंग्रेजी नै बोल्ने प्रयास गरेको पाइन्छ,’ ढकालले भने। कतिपय अवस्थामा कर्मचारीले समेत अंग्रेजी भाषामा समस्या भएमा नेपालीमै बोल्न सुझाव दिए पनि अंग्रेजीमै बोल्छु भनेपछि दबाब दिन नसक्ने उनले सुनाए। अंग्रेजीमै बोल्न चाहनेले प्रयास गर्दा नसकिने भने होइन। यसको उदाहरण वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै हुन्। उनले स्वअध्ययन र अभ्यासबाट अंग्रेजी सिकेर अन्तर्राष्ट्रिय मञ्चमा समेत राम्रो प्रस्तुति दिने गरेका छन्। यो लगानी सम्मेलनमा पनि आफ्नै मन्त्रीहरुले कमजोर प्रस्तुति दिइरहँदा उनको प्रस्तुतिले भने सामाजिक सञ्जालमा समेत राम्रो प्रशंसा पाएको खबर नागरिक दैनिकमा छ ।