२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
लागुऔषध नियन्त्रणका लागि जनचेतना र बजेटमा जोड दिन सांसद अर्यालको माग लागुऔषध नियन्त्रणमा राज्यका निकायको ‘मिलेमतो’ र कमजोर संरचनाप्रति सांसद दुलालको चिन्ता नेपालमा लागुऔषध दुर्व्यसनीको सङ्ख्यामा वृद्धिः १९ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू चपेटामा मकवानपुरको भीमफेदी–बैदमार जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु काठमाडौँका यी १७ ठाउँमा ३ दिनसम्म दैनिक साढे ३ घण्टा विद्युत् आपूर्ति बन्द हुने प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने देशलाई सधैँ कति सगरमाथा र गौतमबुद्धको नामले मात्रै चिनाइरहने ? – मन्त्री पौडेल चलचित्रकर्मीहरूको भावना समेट्ने गरी ऐन निर्माण गर्न सरकार प्रतिवद्धः मन्त्री तिमिल्सिना सगरमाथाको सफल आरोहण गर्ने अधिवक्ता सुधिज्ञ पन्त एएनओद्वारा सम्मानित पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा, टोटनह्याम पराजित



अ+ अ-

काठमाडौँ । लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार भएको आफ्नै घरेलु मैदानमा भएको खेलमा टोटनह्यामलाई २–१ गोलअन्तरले पराजित गर्दै लिभरपुल फेरि शीर्ष स्थानमा उक्लिएको हो । लिभरपुलको जितमा रोबर्टो फिर्मिन्होले गोल गरे । एक गोल भने टोटनह्यामका टोबी एल्डरवायल्र्डले आत्मघाती गोल गरेपछि लिभरपुलले उपहारस्वरुप पाएको थियो । टोटनह्यामका लागि लुकास मौराले एक गोल फर्काए पनि लिभरपुललाई रोक्न भने सकेनन् ।

१६ औं मिनेटमा नै फिर्मिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलअन्तरले अघि रहेको लिभरपुलले खेलको ७० औं मिनेटमा गोल खान पुग्यो । टोटनह्यामका लुकासले गोल गर्दै १–१ गोलको बराबरीमा ल्याए ।

तर खेलको इन्जुरी समयमा टोटेनह्यामका टोबीले आफ्नै पोष्टमा आत्मघाती गोल गरेपछि लिभरपुलले २–१ गोलको जित निकाल्यो ।

लिभरपुलले ३२ खेलबाट ७९ अंक जोड्दै लिगको शीर्ष स्थान ओगटेको छ । लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ७७ अंक छ । यता पराजित भएको टोटेनह्यामको लिगको तेस्रो स्थानमा रहंदा उसको ६१ अंक छ ।