१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाही बजारमा ग्यास सिलिन्डर पड्कियो



अ+ अ-

मलंगवा । सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारी बजारमा ग्यास सिलिन्डर पड्किएरको छ ।

सोम‍बार बिहान आगलागी हुँदा पसलमा राखिएको ग्यास सिलिन्डर पड्किएरको थियो । सिलिन्डर पड्किदा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। आगलागीमा परी ३ वटा पसल र १ वटा घर समेत जलेर नष्ट भएको प्रहरी जनाएको छ।

घाइते हुनेमा हरिपुर नगरपालिका ९ पिडारीका ४५ वर्षीय विश्वनाथ साह र कविलासी नगरपालिका १ पिपरियाका १९ वर्षीय भरत पण्डितको दाहिने खुट्टा जलेको छ। त्यसैरी सिलिन्डरबाट उछिटिएका टुक्रा लागेर पिडारीका १९ वर्षीय गौतम साह र ३० वर्षीय मन्जुर अन्सारीको खुट्टा भाच्चिएको छ।