लिमा । पेरुको राजधानी लिमामा गुडिरहेको बसमा अकस्मात भएको आगलागीमा हुँदा २० जनाको मृत्यु भएको छ ।
लामो बाटोमा चल्ने यो बसमा आइतबार राती आगलागी भएको हो । उक्त बस लिमाबाट चिक्लायोतर्फ गइरहेको थियो ।
उक्त आगलागीको कारण हालसम्म पत्ता लाग्न सकेको छैन । आगलागीको कारण अनुसन्धानरत रहेको प्रहरीले जानकारी दिएको छ ।