काठमाडौँ । इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १२औं संस्करण अन्तरगत तेस्रो खेलमा दिल्ली क्यापिटलले पञ्जाबको सामना गर्दैछ ।
सोमबार नेपाली समय अनुसार राति सवा ८ बजे हुने खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले खेल्न पाउने कि नपाउने भन्ने कुराले नेपाली खेल प्रेमीमा जिज्ञासा रहेको पाइन्छ ।
पहिलो खेलमा उनी प्लेइङ ११ मा उनी अटाएनन् । उनि नखेल्दा पनि दिल्लीले पहिलो जित निकाल्ने क्रममा मुम्बई इन्डियन्सलाई ३७ रनले पराजित गरेको थियो । तर दोस्रो खेलमा शनिबार दिल्लीले कोलकत्ता नाइट राइडर्सलाई सुपर ओभरमा हराएको थियो।
नेपालका सन्दीपले कोलकत्ताविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा २९ रन खर्चिएर एक विकेट लिएका थिए । यस खेलको प्रदर्शनले सन्दीप आगामी खेलमा पनि टोलीका अट्ने सम्भावना बढेको छ ।
जितसँगै दिल्लीले तीन खेलबाट चार अंक जोडेको थियो । दिल्ली लिगको दोस्रो स्थानमा रहेको छ ।