२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व सङ्कलन प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीको अवरोध कायमै प्याब्सन–अक्सफोर्ड सहकार्यअन्तर्गत ‘रिड विथ अक्सफोर्ड’ पुस्तक सेटको बुकिङ खुला सुनचाँदीको मूल्य आज पनि घट्यो दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस्, सार्वजनिक जीवन नै त्यागिदिन्छु : अर्थमन्त्री डा.वाग्ले सोफिया तामाङ बनिन् टेकस्किल्स आईटी स्कलरसिप ग्राण्ड फिनाले २०२६ की विजेत ५६ वर्षपछि नयाँ चलचित्र ऐन आउँदै, देशभर थप ५० सिनेमा हल बनाउने बोर्डको योजना लागुऔषध नियन्त्रणका लागि नेपाल प्रहरीको तीन वर्षे कार्ययोजनाः ऐन संशोधनदेखि प्रविधि विस्तारसम्म लागुऔषध नियन्त्रणका लागि मौजुदा संरचना र कानून अपर्याप्तः निश्कल राई लागुऔषध नियन्त्रणका लागि जनचेतना र बजेटमा जोड दिन सांसद अर्यालको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : दिल्लीले पञ्जाबसँग खेल्दै, टिममा अटाउलान् सन्दीप ?



अ+ अ-

काठमाडौँ । इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १२औं संस्करण अन्तरगत तेस्रो खेलमा दिल्ली क्यापिटलले पञ्जाबको सामना गर्दैछ ।

सोमबार नेपाली समय अनुसार राति सवा ८ बजे हुने खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले खेल्न पाउने कि नपाउने भन्ने कुराले नेपाली खेल प्रेमीमा जिज्ञासा रहेको पाइन्छ ।

पहिलो खेलमा उनी प्लेइङ ११ मा उनी अटाएनन् । उनि नखेल्दा पनि दिल्लीले पहिलो जित निकाल्ने क्रममा मुम्बई इन्डियन्सलाई ३७ रनले पराजित गरेको थियो । तर दोस्रो खेलमा शनिबार दिल्लीले कोलकत्ता नाइट राइडर्सलाई सुपर ओभरमा हराएको थियो।

नेपालका सन्दीपले कोलकत्ताविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा २९ रन खर्चिएर एक विकेट लिएका थिए । यस खेलको प्रदर्शनले सन्दीप आगामी खेलमा पनि टोलीका अट्ने सम्भावना बढेको छ ।

जितसँगै दिल्लीले तीन खेलबाट चार अंक जोडेको थियो । दिल्ली लिगको दोस्रो स्थानमा रहेको छ ।