२९ मंसिर २०८२, सोमबार
,
Latest
एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त प्रधानाध्यापक ठाकुरविरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर अग्नि खरेलले छाडे ओलीको साथ, सचिवमा स्वतन्त्र उम्मेदवारी दर्ता एमाले महाधिवेशनः भीम आचार्यद्वारा उपाध्यक्ष पदमा मनोनयन दर्ता यु–१९ एसिया कपः बङ्गलादेशद्वारा नेपाल पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारा र पर्साका हावाहुरी प्रभावितहरुको उद्धारमा लाग्न विप्लवको निर्देशन



अ+ अ-

काठमाडौँ । बारा र पर्सामा आएको भीषण हावाहरीबाट भएको बिनासप्रति प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले दुःख व्यक्त गरेको छ । महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै आइतबार भएको घटनाले सिङ्गो पार्टी पंक्तिलाई निकै दुखी बनाएको उल्लेख गरिएको छ ।

सम्बन्धीत घटनास्थलमा आफ्ना सम्पूर्ण पार्टी पंक्ति र जनवर्गीय संगठनका कार्यकर्ताहरुलाई उद्धारमा लाग्न उक्त विज्ञप्तिमा विप्लवले निर्देशनसमेत दिएका छन् ।

उक्त समूहले यो घडीमा मृतकका परिवारलाई राहत, घाइतेहरुको स्वास्थ्य उपचारको व्यवस्था गर्नुका साथै घरबारविहीनहरुको व्यवस्थापनको माग गरिएको छ ।

उनले विज्ञप्तिमा भनेका छन् ‘उक्त प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै मृतकका परिवारप्रति गहिरो समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’