२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनुमतिबिनै सञ्चालित ‘मारिया अस्पताल’ बन्द, सञ्चालकमाथि कारबाही प्रक्रिया सुरु ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व सङ्कलन प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीको अवरोध कायमै प्याब्सन–अक्सफोर्ड सहकार्यअन्तर्गत ‘रिड विथ अक्सफोर्ड’ पुस्तक सेटको बुकिङ खुला सुनचाँदीको मूल्य आज पनि घट्यो दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस्, सार्वजनिक जीवन नै त्यागिदिन्छु : अर्थमन्त्री डा.वाग्ले सोफिया तामाङ बनिन् टेकस्किल्स आईटी स्कलरसिप ग्राण्ड फिनाले २०२६ की विजेत ५६ वर्षपछि नयाँ चलचित्र ऐन आउँदै, देशभर थप ५० सिनेमा हल बनाउने बोर्डको योजना लागुऔषध नियन्त्रणका लागि नेपाल प्रहरीको तीन वर्षे कार्ययोजनाः ऐन संशोधनदेखि प्रविधि विस्तारसम्म लागुऔषध नियन्त्रणका लागि मौजुदा संरचना र कानून अपर्याप्तः निश्कल राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रम ओली ज्यू : ‘हेलिकोप्टरमा उडेर राहत हुँदैन’, पाल चाहिएको छ



अ+ अ-

बारा । प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास जितेन्द्र सोनले प्रधानमन्त्री केपी शर्मा ओलीले हवाइ निरीक्षण मात्र गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

आइतबार राति आएको हावाहुरीले बाराको फेटा गाउँपालिका सबैभन्दा धेरै धनजनको क्षति भएको थियो । उनले बाराको अतिप्रभावित पुरैनियामा हेलिकप्टरबाट निरीक्षण गरेका थिए।

मन्त्री सोनलले हेलिकोप्टर चढेर राहत नहुने भन्दै पाल, ब्लांकेट लगायत आवश्यक सामग्री पठाउन केन्द्र सरकारसँग माग गरेका छन् । ‘हेलिकोप्टरमा उडेर राहत हुँदैन’ मन्त्री सोनलले भने, ‘ यहाँ मान्छेलाई पाल छैन, स्रोत साधन छैन । पाल खसालिदिनु पर्‍यो नि मान्छेलाई ।’

प्रधानमन्त्री ओलीलाई लिन सुरक्षा निकायका प्रमुखहरु सहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’,स्वास्थ्यमन्त्री उपेन्द्र यादव, सहरी विकास मन्त्री मोहम्द इस्तियाक राई र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ काठमाडौँबाट झापा हुँदै बारा पुगेका थिए ।

उनी झापाबाट सिमरा र सिमराबाट वीरगञ्ज लागेका छन्।