७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रम ओली ज्यू : ‘हेलिकोप्टरमा उडेर राहत हुँदैन’, पाल चाहिएको छ



अ+ अ-

बारा । प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास जितेन्द्र सोनले प्रधानमन्त्री केपी शर्मा ओलीले हवाइ निरीक्षण मात्र गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

आइतबार राति आएको हावाहुरीले बाराको फेटा गाउँपालिका सबैभन्दा धेरै धनजनको क्षति भएको थियो । उनले बाराको अतिप्रभावित पुरैनियामा हेलिकप्टरबाट निरीक्षण गरेका थिए।

मन्त्री सोनलले हेलिकोप्टर चढेर राहत नहुने भन्दै पाल, ब्लांकेट लगायत आवश्यक सामग्री पठाउन केन्द्र सरकारसँग माग गरेका छन् । ‘हेलिकोप्टरमा उडेर राहत हुँदैन’ मन्त्री सोनलले भने, ‘ यहाँ मान्छेलाई पाल छैन, स्रोत साधन छैन । पाल खसालिदिनु पर्‍यो नि मान्छेलाई ।’

प्रधानमन्त्री ओलीलाई लिन सुरक्षा निकायका प्रमुखहरु सहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’,स्वास्थ्यमन्त्री उपेन्द्र यादव, सहरी विकास मन्त्री मोहम्द इस्तियाक राई र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ काठमाडौँबाट झापा हुँदै बारा पुगेका थिए ।

उनी झापाबाट सिमरा र सिमराबाट वीरगञ्ज लागेका छन्।