१६ भाद्र २०८३, मंगलवार
,
Latest
सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै…
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा टाउको जोड्ने दुईजना पक्राउ



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा टाउको जोडेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाल्ला गाउँपालिका–७ का २२ वर्षीय निर्मल गैरे र रुपन्देहीको साविकको शंकरनगर गाविसका २३ वर्षीय यमप्रसाद पन्थी रहेका छन् ।
र्
केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले निर्मल भक्तपुरको नयाँ ठिमीबाट र यमप्रसाद चितवनबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका दुबैजनालाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको सीआईबीले जानकारी दिएको छ । यो ऐनको दफा ४७ अनुसार ५ वर्षसम्म कैद र एक लाखसम्म जरिवाना सजाय हुने व्यवस्था रहेको छ ।