६ आश्विन २०८१, आईतवार
,
Latest
नेपालले इरानमा सिनियर वर्ल्ड कप बिच कबड्डी खेल्ने मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित कोशी प्रदेश सभा: बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन ‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहत प्याकेज : चक्लेट, केरा र सेल्फी !



अ+ अ-

काठमाडौं । विराटनगरबाट ट्रकमा राहत बोकेर एकाबिहानै फेटा आएका शिव नारायण चौधरीको टोलीले १२ बज्दासम्म पीडितलाई राहतको पोको हातमा थमाउन सकेन ।

मान्छे नै मान्छे छन्, गाउँभरी । राहत दिनेहरुपनि प्रशस्तै भेटिन्छन् । तर चौधरी राहत कसलाई कसरी दिने भन्नेमा अन्योलमा परे र हारगुहार गर्न फेटा गाउँपालिकाको कार्यालय पुगे ।

त्यहा कोही थिएनन् । हामी त्यहाँ पुग्दा कार्यालयको ढोका बन्द थियो । कर्मचारीहरुको खाना खाने बेला भएको रहेछ । चौधरी बाहिर पर्खिरहेका थिए । राहत कसलाई दिने भन्नेमा अन्योलमा देखिएका चौधरी एक्सन एड नेपालबाट आएका रहेछन् ।

बाराको फेटा गाउँपालिकालाई केन्द्र बनाएर आएको बिनासकारी हावाहुरीका कारण धेरै परिवार यहाँ विक्षिप्त छन् । मानवीय क्षती त भइनै सक्यो । अब बाँचेकालाई राहत र पुर्नस्थापनाको सवालमा साँच्चिकै राहत दिनुपर्ने चुनौती फेटामा छ ।

तर सरकारी संयन्त्रबाट गर्नुपर्ने तयारी र योजनामा कमजोरी देखिएको सहजै अनुमान लगाउन सकिने चौधरीको भनाई छ ।

‘यहाँको ठ्याक्कै पीडित्को तथ्यांक कसैसँग छैन, सम्बन्धित मानिस कोही पनि छैन, यहाँको जनप्रतिनिधिसँग सम्र्पकै हुन सकेन,’ चौधरीले सुनाए, ‘बिहानैदेखि ट्रकमा सामान थन्क्याइराखेका छौं, बितरण गर्न सार्है गार्हो पर्यो ।’

उता पीडित क्षेत्रमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आफ्ना टन्नै कार्यकर्ताको साथ दर्जनौ गाडीहरुको लस्कर सहित आए र स्थानीय तहले पैसाको तजविज मिलाउनेगरी आफ्नो पार्टी नेपाली काँग्रेसको तर्फबाट २५ लाख दिने घोषणा गरे र सरकारले राहत र पुर्नस्थापनाको काम प्रभावकारी गर्न नसकेको टिप्पणी समेत गरेर फर्किए ।

त्यसपछि फेरि केहीबेरमा अर्का पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि कार्यकर्ताको लाममा घटनास्थल आइपुगे । पालैपालो भिडमा नेता कार्यकर्ताको अनुहार फेरियो । तर भिड भने उस्तै बाक्लो थियो ।

एक औपचारिक कार्यक्रमको आयोजना गरी उनलाई आसन ग्रहण गराइयो । करिब ३ मिनेट मात्र बोलेका दाहालले नेकपाको तर्फबाट मृतक परिवारलाई ५/५ लाख दिने घोषणा गरे ।

उनको सम्बोधनमा बाराको यो शोकमा समग्र देश नै लागेको र पीडितले कुनै चिन्ता गर्नु नपर्ने सन्देश थियो ।

यसरी मंगलबार फेटाको अवलोकन गर्न दुई जना पूर्व प्रधानमन्त्री आफ्ना भारी मात्राका कार्यकर्ता सहित स्थल आइपुगे । फेटा गाउँपालीका दिनभरजसो भिडभाड बन्यो ।

यही भिडमा राहत बितरण कार्यक्रम लेखेर पीडितको अनुहारलाई गिज्याउने पनि टन्नै छन् । राहत प्याकेजमा पाउरोटी, बिस्कुट र चिउरा त छँदैछ । चकलेट र एउटा केरा हातमा थमाएर सेल्फी खिच्नेहरु पनि छन् ।

पीडितहरुमध्ये कतिपयको घरबास उठेको छ । खानेकुरा छैन । ओत लाग्ने ठाउँ छैन । आङ ढाक्ने कपडा छैन । दिनको चर्को घाम र रातमा खुला आकासमुनि पीडितहरुले दिन र रात कटाइरहेका छन् ।

बारा मटिअर्वाका रामलाल महतो सहित १० जनाको समुह एउटा सहकारीबाट राहत बितरणमा आए । राहतमा पाँच दर्जन केरा र दुई डब्बा चकलेट थियो । कुनै एक भीडमा पसेर केरा बाँडे, चकलेट फ्याँके र सेल्फी खिचेर पूर्वप्रधानमन्त्रीहरुको भाषण सुन्न गए ।

यही भिडमा आफ्नो भग्नावशेष घरमा पुरिएको सामान खोतल्दै गरेकी मिनादेवी रामलाई हामीलाई सोध्यौँ, –राहतमा केके पाउनु भयो रु उनले भनिन्, ‘हिजो प्रहरीले दिएको चिउरा बाहेक कोही केही दिन आएका छैनन्, खै कता हो, त्रिपाल बाँडेको हल्ला पनि सुन्छु तर यहाँ कोही आएका छैनन् ।’

उनी आफ्नो भत्किएको घरमा छोराछोरीको चप्पल र किताब खोज्दै थिइन् । राहत बाँढ्न आउनेहरु बाटैमा भेटिनेलाई केही केही सामान दिएर फर्किएपनि आफूले केही नपाएको गुनासो गरिन् ।

यता पीडितलाई दालभात खुवाउन एउटा धर्म प्रचारक संघबाट आएको एक टोली हिँजैदेखि बसेको छ । सोही टोलीकी एक महिलाले यहाँ जान्नेसुन्नेले मात्रै राहत थुपार्ने गरेको खुलासा गरिन् ।

‘यहाँ पीडितकहाँ राहत पुगेकै छैन, केही क्षति नहुने र पक्की घर बनाएर बस्नेहरुले तीन महिनालाई पुग्ने सामान कोठामा थुपारीसके, म आफैं दंग छु,’ उनले भनिन्, ‘यहाँ पीडितहरु कोही अस्पतालमै छन्, कोही भत्किएको घरलाई टिमलटामल गर्दै छन्, यहाँका टाठा बाठाहरु भने परिवारका सबै राहत संकलन गर्न बाटो कुरेर बस्छन् ।’ राजधानी दैनिकमा खबर छ ।