१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

राहत प्याकेज : चक्लेट, केरा र सेल्फी !

राहत प्याकेज : चक्लेट, केरा र सेल्फी !
अ अ+ अ-

काठमाडौं । विराटनगरबाट ट्रकमा राहत बोकेर एकाबिहानै फेटा आएका शिव नारायण चौधरीको टोलीले १२ बज्दासम्म पीडितलाई राहतको पोको हातमा थमाउन सकेन ।

मान्छे नै मान्छे छन्, गाउँभरी । राहत दिनेहरुपनि प्रशस्तै भेटिन्छन् । तर चौधरी राहत कसलाई कसरी दिने भन्नेमा अन्योलमा परे र हारगुहार गर्न फेटा गाउँपालिकाको कार्यालय पुगे ।

त्यहा कोही थिएनन् । हामी त्यहाँ पुग्दा कार्यालयको ढोका बन्द थियो । कर्मचारीहरुको खाना खाने बेला भएको रहेछ । चौधरी बाहिर पर्खिरहेका थिए । राहत कसलाई दिने भन्नेमा अन्योलमा देखिएका चौधरी एक्सन एड नेपालबाट आएका रहेछन् ।

बाराको फेटा गाउँपालिकालाई केन्द्र बनाएर आएको बिनासकारी हावाहुरीका कारण धेरै परिवार यहाँ विक्षिप्त छन् । मानवीय क्षती त भइनै सक्यो । अब बाँचेकालाई राहत र पुर्नस्थापनाको सवालमा साँच्चिकै राहत दिनुपर्ने चुनौती फेटामा छ ।

तर सरकारी संयन्त्रबाट गर्नुपर्ने तयारी र योजनामा कमजोरी देखिएको सहजै अनुमान लगाउन सकिने चौधरीको भनाई छ ।

‘यहाँको ठ्याक्कै पीडित्को तथ्यांक कसैसँग छैन, सम्बन्धित मानिस कोही पनि छैन, यहाँको जनप्रतिनिधिसँग सम्र्पकै हुन सकेन,’ चौधरीले सुनाए, ‘बिहानैदेखि ट्रकमा सामान थन्क्याइराखेका छौं, बितरण गर्न सार्है गार्हो पर्यो ।’

उता पीडित क्षेत्रमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आफ्ना टन्नै कार्यकर्ताको साथ दर्जनौ गाडीहरुको लस्कर सहित आए र स्थानीय तहले पैसाको तजविज मिलाउनेगरी आफ्नो पार्टी नेपाली काँग्रेसको तर्फबाट २५ लाख दिने घोषणा गरे र सरकारले राहत र पुर्नस्थापनाको काम प्रभावकारी गर्न नसकेको टिप्पणी समेत गरेर फर्किए ।

त्यसपछि फेरि केहीबेरमा अर्का पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि कार्यकर्ताको लाममा घटनास्थल आइपुगे । पालैपालो भिडमा नेता कार्यकर्ताको अनुहार फेरियो । तर भिड भने उस्तै बाक्लो थियो ।

एक औपचारिक कार्यक्रमको आयोजना गरी उनलाई आसन ग्रहण गराइयो । करिब ३ मिनेट मात्र बोलेका दाहालले नेकपाको तर्फबाट मृतक परिवारलाई ५/५ लाख दिने घोषणा गरे ।

उनको सम्बोधनमा बाराको यो शोकमा समग्र देश नै लागेको र पीडितले कुनै चिन्ता गर्नु नपर्ने सन्देश थियो ।

यसरी मंगलबार फेटाको अवलोकन गर्न दुई जना पूर्व प्रधानमन्त्री आफ्ना भारी मात्राका कार्यकर्ता सहित स्थल आइपुगे । फेटा गाउँपालीका दिनभरजसो भिडभाड बन्यो ।

यही भिडमा राहत बितरण कार्यक्रम लेखेर पीडितको अनुहारलाई गिज्याउने पनि टन्नै छन् । राहत प्याकेजमा पाउरोटी, बिस्कुट र चिउरा त छँदैछ । चकलेट र एउटा केरा हातमा थमाएर सेल्फी खिच्नेहरु पनि छन् ।

पीडितहरुमध्ये कतिपयको घरबास उठेको छ । खानेकुरा छैन । ओत लाग्ने ठाउँ छैन । आङ ढाक्ने कपडा छैन । दिनको चर्को घाम र रातमा खुला आकासमुनि पीडितहरुले दिन र रात कटाइरहेका छन् ।

बारा मटिअर्वाका रामलाल महतो सहित १० जनाको समुह एउटा सहकारीबाट राहत बितरणमा आए । राहतमा पाँच दर्जन केरा र दुई डब्बा चकलेट थियो । कुनै एक भीडमा पसेर केरा बाँडे, चकलेट फ्याँके र सेल्फी खिचेर पूर्वप्रधानमन्त्रीहरुको भाषण सुन्न गए ।

यही भिडमा आफ्नो भग्नावशेष घरमा पुरिएको सामान खोतल्दै गरेकी मिनादेवी रामलाई हामीलाई सोध्यौँ, –राहतमा केके पाउनु भयो रु उनले भनिन्, ‘हिजो प्रहरीले दिएको चिउरा बाहेक कोही केही दिन आएका छैनन्, खै कता हो, त्रिपाल बाँडेको हल्ला पनि सुन्छु तर यहाँ कोही आएका छैनन् ।’

उनी आफ्नो भत्किएको घरमा छोराछोरीको चप्पल र किताब खोज्दै थिइन् । राहत बाँढ्न आउनेहरु बाटैमा भेटिनेलाई केही केही सामान दिएर फर्किएपनि आफूले केही नपाएको गुनासो गरिन् ।

यता पीडितलाई दालभात खुवाउन एउटा धर्म प्रचारक संघबाट आएको एक टोली हिँजैदेखि बसेको छ । सोही टोलीकी एक महिलाले यहाँ जान्नेसुन्नेले मात्रै राहत थुपार्ने गरेको खुलासा गरिन् ।

‘यहाँ पीडितकहाँ राहत पुगेकै छैन, केही क्षति नहुने र पक्की घर बनाएर बस्नेहरुले तीन महिनालाई पुग्ने सामान कोठामा थुपारीसके, म आफैं दंग छु,’ उनले भनिन्, ‘यहाँ पीडितहरु कोही अस्पतालमै छन्, कोही भत्किएको घरलाई टिमलटामल गर्दै छन्, यहाँका टाठा बाठाहरु भने परिवारका सबै राहत संकलन गर्न बाटो कुरेर बस्छन् ।’ राजधानी दैनिकमा खबर छ ।