इस्लामाबाद । पाकिस्तानमा सन् २०१७ भन्दा २०१८ मा ११ प्रतिशतका दरले बाल शोषण बढेको एक रिपोर्ट सार्वजनिक भएको छ । साहिल नामको एक गैरसरकारी संस्थाका अनुसार हरेक दिन पाकिस्तानमा १० जना भन्दा धेरै बालबालिका शोषणका कुनै न कुनै तरिकाबाट प्रताडित हुन्छन् ।
बुधबार सार्वजनिक उक्त रिपोर्टका आधारमा जम्मा ३ हजार ८ सय ३२ पीडितमध्ये ५५ प्रतिशत बालिका थिए । बाँकी ४५ प्रतिशत बालक रहेको खुलेको छ ।
ती घटनामध्ये ९ सय २३ घटना त अपहरणपछि भएको बताइएको छ । ५ सय ३७ चाहिँ बलात्कारका घटना रहेको खुलेको छ ।
साथै १ सय ५६ घटना सामुहिक बलात्कार र ९९ घटना बालविवाह जस्ता घटना रिपोर्टमा सार्वजनिक भएको छ । सन् २०१८ मा भने यस्ता घटना झनै बढेको रिपोर्टले जनाएको छ । २०१७ को तुलनामा बलात्कारका घटना १५ प्रतिशतका दरले बढेको रिपोर्टमा छ ।