दाङ । लागुऔषध ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकाका–२१ वर्षिय सनम मल्ल रहेका छन् ।
जिल्ला प्रहरी कार्यलय दाङले मल्ललाई आफ्नै कोठामा लागु पदार्थ कारोवार तथा विक्रि वितरण गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो ।
मल्लको कोठा खान तलासी गर्दा ८ ग्राम ३६ मिलिग्राम खैरो धुलो पदार्थ लागुऔषध फेला परेको प्रहरी अधिकृत विनोद विक्र शाहले बताए ।
मल्लविरुद्ध लागुऔषध नियन्त्रण ऐन सम्बन्धित मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको छ ।