७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटी शीर्ष स्थानमा, लिभरपुल एक अंकले पछाडि



अ+ अ-

काठमाडौँ । म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति भएको खेलमा घरेलु टोली सिटीले कार्डिफ सिटीलाई २–० गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा केभिन डे ब्रुयन र लेरोय सानेले गोल गरे ।

खेलको छैटौ मिनेटमा नै केभिनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । सुरुवाती समयदेखि नै बल आफ्नो पकडमा पारेको सिटीले खेलको ४४औं मिनेटमा अर्को गोल थप्न सफल भयो । यो पटक भने सानेले गोल गरेका थिए ।

पहिलो हाफमा २–० गोलअन्तरले पछि परेको कार्डिफले दोस्रो हाफमा भने केही सुधारिएको प्रदर्शन गर्‍यो तर सिटीविरुद्ध गोल गर्न भने सकेन ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको सिटीको ३२ खेलबाट ८० अंक भएको छ । यता, दोस्रो स्थानमा रहेको लिभरपुलभने सिटीसँग एक अंकले पछि परेको छ । लिभरपुलको समान खेलबाट ७९ अंक छ ।