२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा समेत झुटो बोल्नुभयोः ज्ञानबहादुर शाही गृह मन्त्रालयलाई थप स्रोत चाहियो, बजेट वृद्धि गर्न गृहमन्त्री गुरुङको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटी शीर्ष स्थानमा, लिभरपुल एक अंकले पछाडि



अ+ अ-

काठमाडौँ । म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

बुधबार राति भएको खेलमा घरेलु टोली सिटीले कार्डिफ सिटीलाई २–० गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा केभिन डे ब्रुयन र लेरोय सानेले गोल गरे ।

खेलको छैटौ मिनेटमा नै केभिनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । सुरुवाती समयदेखि नै बल आफ्नो पकडमा पारेको सिटीले खेलको ४४औं मिनेटमा अर्को गोल थप्न सफल भयो । यो पटक भने सानेले गोल गरेका थिए ।

पहिलो हाफमा २–० गोलअन्तरले पछि परेको कार्डिफले दोस्रो हाफमा भने केही सुधारिएको प्रदर्शन गर्‍यो तर सिटीविरुद्ध गोल गर्न भने सकेन ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको सिटीको ३२ खेलबाट ८० अंक भएको छ । यता, दोस्रो स्थानमा रहेको लिभरपुलभने सिटीसँग एक अंकले पछि परेको छ । लिभरपुलको समान खेलबाट ७९ अंक छ ।