७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल : दिल्लीले हैदराबादको सामना गर्दै, सन्दीप र राशीदको भेट हुने पक्का



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादको सामना गर्दैछ ।

दिल्लीको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति ८ः१५ बजेबाट सुरु हुनेछ ।

यो खेल सन्दीप लामिछानेका लागि पनि महत्वपूर्ण छ । उनले जारी १२ औं संस्करणमा तेस्रो खेल खेल्दैछन् ।

अघिल्लो वर्ष अन्तिम तीन खेल खेलेका सन्दीपले यसपटक भने सुरुका दुई खेलपछि नै खेल्ने अवसर पाए ।

आफूलाई सशक्त खेलबाट अगाडि बढाएका सन्दीप टी–२० मा विभिन्न कीर्तिमान रच्दै गइरहेका छन् । विश्व बरियताको पाँचौं स्थानमा रहेका राशीदसँग सन्दिपको प्रतिस्पर्धा हुने छ ।

हाल दिल्लीको ४ खेलबाट २ जितसहित ४ अंक बटुलेको छ र पाँचौं स्थानमा छ । हैदराबाद ३ खेलबाट २ जितसहित ४ अंक बटुलेर तेस्रो स्थानमा छ । यो खेलमा दिल्लीले फराकिलो जित पाए ६ अंकसहित शीर्ष स्थानमा पुग्नेछ ।

४ खेलबाट ६ अंकसहित किंगस ११ पञ्जाब पहिलो तथा समान अंकबाट चेन्नई सुपर किंगस दोस्रो स्थानमा छ ।