७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा बर्ड फ्लू भेटिएपछि दुई हजार ९८५ कुखुरा नष्ट



अ+ अ-

भक्तपुर । भक्तपुरमा बर्ड फ्लू भेटिएपछि दुई हजार ९८५ कुखुरा नष्ट गरिएको छ । सूर्यविनायक नगरपालिका दधिकोट तर्खगालको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा रहेका कुखुरामा बर्ड फ्लू भेटिएपछि नष्ट गरिएको हो ।

बर्ड फ्लू भेटिएपछि प्रहरीको सहित गएको चिकित्सक टोलीले फार्ममा २८ हप्ता पुगेका कुखरा नष्ट गरेको हो । उक्त फार्मका कुखुरामा एच..वान.एन.वान को भाइरस भेटिएको भेटनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रका पशुरोग विज्ञ डा. चन्द्र ढकालले बताए ।

बर्ड फ्लू प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्किएर संक्रमणमुक्त गरिएको छ ।