

परासी । घर भत्काउने क्रममा पर्खालले थिचेर दुई बालिकाको मृत्यु भएको छ भने दुईजना घाइते छन्।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१० गैंडाखालका कर्णबहादुर थापाको घरको पर्खाल भत्काइरहेको नजिकै खेलिरहेका बालबालिका पुरिएका थिए।
गम्भीर घाइते भएका उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक विरेन्द्र थापाले बताए। मृत्यु हुनेमा रमाकान्त अधिकारीकी ४ वर्षीया छोरी नबिना र उमा बस्नेतकी ५ वर्षीया छोरी समीक्षा रहेका छन्। घाइतेमध्ये रमेश खत्रीकी ६ वर्षीया छोरी दीक्षाको अवस्था गम्भीर छ। अर्की सात वर्षीया समीक्षा घाइते छन्।
घाइते अवस्थामा रहेका चार जनामध्ये एक जनाको आम्दा अस्पताल बुटवल र अर्काको देवदह मेडिकल कलेज भलूहीमा उपचारको क्रममा मृत्यु भएको थापाले जानकारी दिए।