१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

प्रधानमन्त्री– फ्रान्सेली प्रतिनिधिमण्डल भेट, व्यापार र लगानी अभिवृद्धिमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री– फ्रान्सेली प्रतिनिधिमण्डल भेट, व्यापार र लगानी अभिवृद्धिमा प्रधानमन्त्रीको जोड
अ अ+ अ-

काठमाडौं । नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले नेपालको पाँच दिने औपचारिक भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ । 

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको उक्त भेटमा दुवै पक्षले पारस्परिक हित र चासोका विविध विषयका साथै आपसी सम्बन्धलाई अझ सुदृढ तुल्याउने बारेमा विचारविमर्श गरेको थियो । भविष्यमा सञ्चालन गर्नसकिने द्विपक्षीय विकास परियोजनाबारे पनि प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डलले  छलफल गरेको थियो । 

नेपाल–फ्रान्स सम्बन्धलाई अझ उन्नत तुल्याउन संसदीय समूहले निर्वाह गरेको भूमिकाको सराहना गर्दै प्रधानमन्त्री देउवाले व्यापार, लगानी, पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तन प्रतिकार्यलगायत क्षेत्रमा पारस्परिक सहयोग अभिवृद्धि अपरिहार्य भएकामा जोड दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अध्यक्ष रियोतोँले राजनीति र जलवायु परिवर्तनका प्रभावको सामना गर्न नेपालका महिलाहरूको सहभागिता बढाएकामा नेपालको प्रशंसा गर्दै दिगो विकास र कृषि क्षेत्रमा फ्रान्स र नेपालबीच सहयोग सुदृढ तुल्याउने आफ्ना चाहना अभिव्यक्त गर्नुभएको थियो । 

आजै उक्त प्रतिनिधिमण्डलले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि शिष्टाचार भेट ग¥यो । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले ७३ वर्ष लामो नेपाल–फ्रान्स मैत्रीलाई सुदृढ बनाउन संसदीय मैत्री समूहले गरेको योगदानको सराहना गर्दै फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियालाई निरन्तर समर्थन गरेकामा हार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो । उहाँले फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यका रूपमा रहेको स्वतन्त्रता, समानता र भ्रातृत्व नेपालको लोकतान्त्रिक आन्दोलन र सङ्घर्षमा सधैँ प्रेरणादायी रहेको बताउनुभयो ।

पारस्परिक सद्भाव र समझदारीमा आधारित नेपाल र फ्रान्सबीचको सम्बन्ध उच्चस्तरीय भ्रमणको आदान–प्रदानबाट अझ प्रगाढ हुने बताउँदै अध्यक्ष तिमिल्सिनाले कोभिड–१९ महामारीविरुद्धको नेपालको लडाइँमा फ्रान्सले कोभ्याक्स सुविधामार्फत खोप अभियानमा गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । 

अध्यक्ष रियोतोँले दुई देशबीचको सहयोग र सहकार्यलाई अझ सघन तुल्याउन प्रयास गर्ने आश्वासन दिँदै नेपालमा तीनवटै तहका सरकारको सम्बन्ध र सहकार्य बारे जिज्ञासा  राख्नुभएको थियो ।

दुवै भेटमा अध्यक्ष रियोतोँका साथ समूहका उपाध्यक्षद्वय निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर तथा नेपालका लागि फ्रान्सका राजदूत जिल बुरबाओको पनि उपस्थिति थियो । 

फ्रान्सको संसदीय प्रतिनिधिमण्डलले बिहीबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।