९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता : दाङमा निर्माण कार्य तीव्र

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता : दाङमा निर्माण कार्य तीव्र
अ अ+ अ-

नारायणी रजाैरे

दाङ – (रासस) : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता नजिकिँदै गर्दा दाङको बेलझुण्डीमा निर्माणकार्य तीव्ररूपमा अघि बढिरहेको छ । बेलझुण्डी रङ्गशालामा यतिखेर बिहानैदेखि बेलुकासम्म निर्माणको कामलाई तीव्र पारिएको हो । अहिले त्यहाँ एथलेटिक्स र फुटबल खेलमैदानको निर्माणको काम अन्तिम चरणमा पुगेको जिल्ला खेलकूद विकास समिति दाङका अध्यक्ष डिल्ली डाँगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार एथलेटिक्स खेलका लागि त्यहाँ सिन्थेटिक ट्र्याक निर्माण भइरहेको छ । सिन्थेटिक ट्र्याक निर्माणका लागि चीनबाट सामग्रीसहित चिनियाँ प्राविधिकले यहाँ आई निर्माणको कामलाई तीव्र पारेका छन् । त्यसैगरी फुटबलका लागि आवश्यक खेलमैदान निर्माणकार्य पनि अन्तिम चरणमा पुगेको छ । फुटबल खेलका लागि यतिखेर बेलझुण्डीमा रहेको मैदानमा हरियो दुबो रोपेर सजाइएको छ । रोपिएको दुबो नमरोस् र खेलमैदान हरियो दुबोमा होस् भन्ने उद्देश्यले सिँचाइदेखि त्यहाँ सजिसजावट गर्न शुरु गरिएको छ ।

दर्शकलाई बस्नका लागि साधारण प्यारापिट निर्माण सम्पन्न भएको छ । त्यसैगरी रङ्गशाला नजिकै पानीको सुविधाका लागि डिपबोरिङ पनि गरिएको छ । त्यसैगरी भीआइपी प्यारापिट निर्माण, खेलाडीका लागि चेन्जिङरुम, बैठककक्ष, भीआइपीकक्ष र मिडिया घरलगायतका पूर्वाधार निर्माणको काम शुरु भइसकेको अध्यक्ष डाँगीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आठाँै राष्ट्रिय खेलकूद प्रतियोगितालाई मध्यनजर गरी आवश्यक भौतिक पूर्वाधारका कामलाई पहिलो प्राथमिकतामा राखेर निर्माणलाई तीव्र पारेका छाँै”, ती सबै पूर्वाधार निर्माणको जिम्मेवारी दिवाएमए प्रतिष्ठा कन्स्ट्रक्सन जेभी काठमाडाँैले पाएको छ । ती सबै पूर्वाधार निर्माणका लागि रु २४ करोड २४ लाख ४५ हजार २९३ मा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको हो ।

दाङमा राष्ट्रिय खेलकूद परिषद् तथा युवा खेलकूद मन्त्रालयको आयोजनामा आगामी वैशाखको ४ गतेदेखि ११ गतेसम्म विभिन्न आठ विधाका खेल हुने जिल्ला खेलकूद विकास समिति दाङले जनाएको छ । दाङमा एथलेटिक्स र महिला फुटबल प्रतियोगिताका खेल बेलझुण्डीमा हुने छन् भने तुलसीपुरको मल्टिपप्रोज कभर्डहलमा कराँते प्रतियोगिता, घोराहीको कर्भडहलमा आइटीफ तेक्वान्दो, ब्याटमिन्टन, पुरुष बास्केटबल र महिला बास्केटबल प्रतियोगिता हुनेछन् ।

त्यसैगरी लमही क्रिकेट मैदानमा महिला क्रिकेट खेल हुने जनाइएको छ । यसैबीच जिल्लामा पहिलोपटक यति धेरै खेलको प्रतियोगिता आयोजना हुनलागेकामा यहाँका नागरिक तथा खेलप्रेमी निकै खुशी भएका छन् । खेल प्रतियोगिता हुने भएपछि आफूलाई निकै उत्साही बनाएको यहाँका खेलप्रेमी सीताराम शर्माले बताउनुभयो । त्यसैगरी तुलसीपुरका समाजसेवी तथा नेपाल तेक्वान्दो सङ्घ प्रदेश नं ५ का संयोजक विकल रिजालले पनि दाङमा आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिताको आयोजनाले आफू निकै हर्षित भएको बताउनुभयो ।

उहाँले नेपालभरिबाट राष्ट्रिय खेलाडीसहित अन्तर्राष्ट्रिय खेलाडीलाई दाङमा स्वागत गर्न पाउनु आफूहरुका लागि ठूलो अवसर रहेको बताउनुभयो । साथै यसले खेलको विकासमा महत्वपूर्ण योगदान दिने उहाँको भनाइ छ । दाङमा विसं २०४१ मा राष्ट्रिय महिला फुटबल प्रतियोगिता र गत वर्ष लिग चरणको फुटबल प्रतियोगिता मात्र भएको थियो । आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिता हुने भएपछि घोराही, लमहीमा रहेका कर्भडहल तथा खेलमैदानलाई पनि मर्मतसम्भार गरिनुका साथै सजिसजावट गर्न थालिएको छ ।

बिहीबार आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई भव्य र सभ्यरूपमा सम्पन्न गर्न तुलसीपुर उपमहानगरपालिकामा विभिन्न सरोकारवाला निकायबीच छलफलसमेत भएको छ । छलफलमा खेलकूदलाई मध्यनजर गरी स्वागतद्वारा निर्माण, बृहत् सरसफाइ, खेलाडीका लागि उचित आवासको व्यवस्था, स्वागत तथा सम्मान, प्रचारप्रचारलगायतका काम गर्ने निर्णय गरिएको छ ।