२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हावाहुरी पीडितलाई १० लाख सहयोग



अ+ अ-

सिन्धुली । विपद् व्यवस्थापन समिति सिन्धुलीले तराईका हावाहुरी पीडितलाई राहातस्वरुप १० लाख दिइने भएको छ । समितिले बारा र पर्साका हावाहुरी पीडितको पुनःस्थापनाका लागि सो सहयोग गर्ने भएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको अध्यक्षतामा बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

निर्णय अनुसार कमलामाई नगरपालिकाबाट रु एक लाख ५० हजार, दूधौली नगरपालिकाबाट रु एक लाख ५० हजार र यहाँका अरु सात गाउँपालिकाबाट रु एक एक लाखका दरले रु सात लाख गरी रु १० लाख सहयोग गर्ने निर्णय भएको छ ।