७ पुष २०८२, सोमबार
,
Latest
काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कंग्रेस अध्यक्ष गान्धीले वायनाड पुगेर उम्मेदवारी दर्ता गराए



अ+ अ-

काठमाडौँ । भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीले उम्मेदवारी दर्ता गराएका छन्। गान्धिले लोकसभा सदस्यका लागि केरलाको वायनाडमै पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

बिहीबार स्थानीय समयअनुसार बिहान ११ बजेतिर उम्मेदवारी दर्ता गराएको पार्टीका महासचिव के.सी. वेणुगोपाले जानकारी दिए। उनले बिहीबार नै महाराष्ट्रको नागपुरमा आयोजित चुनावी र्‍यालीलाई समेत सम्बोधन गरेका थिए।

पार्टीको प्रदेश समितिको आग्रहमा गान्धीले वायनाडबाट लोकसभा सदस्यका लागि उम्मेदवारी दिएका हुन्। कंग्रेसको केरला प्रदेशका अध्यक्ष एमआई शानावासको गत वर्ष निधन भएपछि खाली भएको ठाउँमा गान्धीले उम्मेदवारी दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

उक्त निर्वाचन क्षेत्रबाट शानावास सन् २००९ र २०१४ मा गरी दुईपटक निर्वाचित भएका थिए। यो ठाउँ कंग्रेसको लागि जित्न सजिलो ठाउँ मानिन्छ। वायनाड बाहेक उत्तर प्रदेशको अमेठीबाट पनि गान्धीले उम्मेदवारी दिँदै छन्। अमेठीमा उनले केन्द्रीय मन्त्री स्मृति इरानीसँग प्रतिस्पर्धा गर्नेछन्। यसअघि मार्च ७ मा कंग्रेसले घोषणा गरेको पार्टीबाट निर्वाचन लड्नेहरूको पहिलो सूचीमा अध्यक्ष गान्धी अमेठीबाट मात्रै उम्मेदवार बन्ने उल्लेख थियो।

उनले दुई ठाउँबाट उम्मेदवारी दिन लागेको विषयलाई कंग्रेसका नेताहरूले आवश्यकता भनेका छन् भने प्रमुख प्रतिस्पर्धी भारतीय जनता पार्टी (भाजपा)का नेताहरूले गान्धी डराएको वा आफ्नो एक ठाउँको जितमा ढुक्क हुन नसकेको रूपमा व्याख्या गरेका छन्। भारतमा यही अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा आम निर्वाचन हुन लागेको छ।