९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

कंग्रेस अध्यक्ष गान्धीले वायनाड पुगेर उम्मेदवारी दर्ता गराए

कंग्रेस अध्यक्ष गान्धीले वायनाड पुगेर उम्मेदवारी दर्ता गराए
अ अ+ अ-

काठमाडौँ । भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीले उम्मेदवारी दर्ता गराएका छन्। गान्धिले लोकसभा सदस्यका लागि केरलाको वायनाडमै पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

बिहीबार स्थानीय समयअनुसार बिहान ११ बजेतिर उम्मेदवारी दर्ता गराएको पार्टीका महासचिव के.सी. वेणुगोपाले जानकारी दिए। उनले बिहीबार नै महाराष्ट्रको नागपुरमा आयोजित चुनावी र्‍यालीलाई समेत सम्बोधन गरेका थिए।

पार्टीको प्रदेश समितिको आग्रहमा गान्धीले वायनाडबाट लोकसभा सदस्यका लागि उम्मेदवारी दिएका हुन्। कंग्रेसको केरला प्रदेशका अध्यक्ष एमआई शानावासको गत वर्ष निधन भएपछि खाली भएको ठाउँमा गान्धीले उम्मेदवारी दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

उक्त निर्वाचन क्षेत्रबाट शानावास सन् २००९ र २०१४ मा गरी दुईपटक निर्वाचित भएका थिए। यो ठाउँ कंग्रेसको लागि जित्न सजिलो ठाउँ मानिन्छ। वायनाड बाहेक उत्तर प्रदेशको अमेठीबाट पनि गान्धीले उम्मेदवारी दिँदै छन्। अमेठीमा उनले केन्द्रीय मन्त्री स्मृति इरानीसँग प्रतिस्पर्धा गर्नेछन्। यसअघि मार्च ७ मा कंग्रेसले घोषणा गरेको पार्टीबाट निर्वाचन लड्नेहरूको पहिलो सूचीमा अध्यक्ष गान्धी अमेठीबाट मात्रै उम्मेदवार बन्ने उल्लेख थियो।

उनले दुई ठाउँबाट उम्मेदवारी दिन लागेको विषयलाई कंग्रेसका नेताहरूले आवश्यकता भनेका छन् भने प्रमुख प्रतिस्पर्धी भारतीय जनता पार्टी (भाजपा)का नेताहरूले गान्धी डराएको वा आफ्नो एक ठाउँको जितमा ढुक्क हुन नसकेको रूपमा व्याख्या गरेका छन्। भारतमा यही अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा आम निर्वाचन हुन लागेको छ।