७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईई परीक्षा केन्द्रमा पत्रकार प्रवेशमा रोक



अ+ अ-

सिरहा । स्थगित भएर सुरु भएको आजदेखि सुरु भएको एसईई परीक्षाको अनुगमन गर्न पुगेका पत्रकारहरुलाई परीक्षा केन्द्र प्रवेशमा रोक लगाईएको छ ।

प्रदेश २ का ८ जिल्लामा माध्यमिक शिक्षा परीक्षा अन्तर्गत गत चैत १४ र १५ ते लिएको विज्ञान र सामाजिक बिषयको प्रश्नपत्र बाहिरेपछि निरन्तर मिडियामा शिक्षा विकास निर्देशनालय आलोचित हुँदै आइरहेको छ ।

जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेका अनुसार परीक्षा केन्द्रमा अनुगमनको नाममा मानिसहरु धेरै जाने भएकोले परीक्षा केन्द्रमा पत्रकार जानबाट रोक लगाएको बताए ।

त्यस्तै केन्द्राध्यक्ष बाहेक सबैलाई मोवाइल प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ । प्रश्नपत्र बाहिरिएपछि शिक्षा विकास निर्देशनालयको बैठकले उक्त निर्णय गरेको हो ।

केन्द्राध्यक्षले सहायक केन्द्राध्यक्ष, निरीक्षक र सहयोगी कर्मचारीको रुपमा नियुक्त गरिएका शिक्षक तथा कर्मचारीको नाम, विद्यालयको नाम, तह, ठेगानासमेतको बिबरण बनाइ परीक्षा अनुगमन गर्न पुगेका अनुगमनकर्ताले हेर्न चाहेमा देखाउन सक्ने गरी राख्न पनि बैठकले निर्देशन दिएको छ ।

अब बोर्डका अनुसार, २३ गते सामाजिक, २४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्राविधिक विषयहरुको परीक्षा हुनेछ ।