१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईई परीक्षा केन्द्रमा पत्रकार प्रवेशमा रोक



अ+ अ-

सिरहा । स्थगित भएर सुरु भएको आजदेखि सुरु भएको एसईई परीक्षाको अनुगमन गर्न पुगेका पत्रकारहरुलाई परीक्षा केन्द्र प्रवेशमा रोक लगाईएको छ ।

प्रदेश २ का ८ जिल्लामा माध्यमिक शिक्षा परीक्षा अन्तर्गत गत चैत १४ र १५ ते लिएको विज्ञान र सामाजिक बिषयको प्रश्नपत्र बाहिरेपछि निरन्तर मिडियामा शिक्षा विकास निर्देशनालय आलोचित हुँदै आइरहेको छ ।

जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेका अनुसार परीक्षा केन्द्रमा अनुगमनको नाममा मानिसहरु धेरै जाने भएकोले परीक्षा केन्द्रमा पत्रकार जानबाट रोक लगाएको बताए ।

त्यस्तै केन्द्राध्यक्ष बाहेक सबैलाई मोवाइल प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ । प्रश्नपत्र बाहिरिएपछि शिक्षा विकास निर्देशनालयको बैठकले उक्त निर्णय गरेको हो ।

केन्द्राध्यक्षले सहायक केन्द्राध्यक्ष, निरीक्षक र सहयोगी कर्मचारीको रुपमा नियुक्त गरिएका शिक्षक तथा कर्मचारीको नाम, विद्यालयको नाम, तह, ठेगानासमेतको बिबरण बनाइ परीक्षा अनुगमन गर्न पुगेका अनुगमनकर्ताले हेर्न चाहेमा देखाउन सक्ने गरी राख्न पनि बैठकले निर्देशन दिएको छ ।

अब बोर्डका अनुसार, २३ गते सामाजिक, २४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्राविधिक विषयहरुको परीक्षा हुनेछ ।