९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

राष्ट्रपतिको चीन भ्रमणको बेला पारवहन प्रोटोकलमा हस्ताक्षर हुने

राष्ट्रपतिको चीन भ्रमणको बेला पारवहन प्रोटोकलमा हस्ताक्षर हुने
अ अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणको बेला नेपाल र चीनबीच पारवहन प्रोटोकलमा हस्ताक्षर हुने भएको छ । उक्त प्रोटोकलमा वैशाख दोस्रो साता हस्ताक्षर हुुने भएको हो ।

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी बेइजिङ जाने तयारी छिन् । त्यही बेला नेपाल र चीन पारवहन सम्झौता कार्यान्वयनका लागि बनेको ‘प्रोटोकल’मा हस्ताक्षर गर्ने योजना बनाइएको वाणिज्य मन्त्रालय स्रोतले बताएको छ ।

प्रोटोकलमा हस्ताक्षर भए चीनले नेपाललाई चार वटा समुन्द्री र तीन सुख्खा बन्दरगाह प्रयोग गर्न दिनेछ । यससँगै तेस्रो मुलुकबाट हुने आयातका लागि भारतीय बन्दरगाहमाथि परनिर्भरता अन्त्य हुनेछ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रवीशंकर सैंजूले वैशाख दोस्रो साता राष्ट्रपतिको भ्रमणका क्रममा यो प्रोटोकललाई द्विपक्षीय सहमति गराएर अन्तिम टुुुुंगो लगाइने जानकारी दिए।

उनका अनुुुुसार राष्ट्रपति भण्डारी र चीनका राष्ट्र प्रमुुुुखको उपस्थितिमा दुुुुई मुुुुलुुुुकका सचिवले अन्तिम रूप पाएको प्रोटोकलको मस्यौदामा संयुुुुक्तरूपमा हस्ताक्षर गर्ने तयारी छ। ‘हाम्रोतर्फबाट प्रोटोकल पूरा भइसकेको छ। राष्ट्रपति चीन भ्रमणका क्रममा संयुुुुक्त हस्ताक्षर हुुुुनेछ’, उनले भने। मन्त्रिपरिषद्को बैठकले पनि प्रोटोकलसम्बन्धी मस्यौदा एक महिनाअघि स्वीकृत गरिसकेको छ।

हाललाई नेपालले तियान्जेन, सेनजेन, लियानयुगाङ र झाङजियाङ गरी चार वटा सामुन्द्रिक बन्दरगाह प्रयोग गर्न सक्ने सहमति भएको छ । सुख्खा बन्दरगाहतर्फ आन्जाओ, ल्हासा र सिगात्से पनि प्रयोग गर्न सकिनेछ । सुख्खा बन्दरगाहतर्फ आन्जाओ, ल्हासा र सिगात्से पनि प्रयोग गर्न सकिनेछ ।

नेपालले चीनको भूमि हुँदै जापान, कोरिया लगायतका तेस्रो मुलुकबाट वस्तु आयात गर्न र तेस्रो मुलुकबाट बस्तु निर्यात गर्न पारवहन मार्ग खुला हुनेछ ।

नेपालले हाल भारतको कोलकता र विशाखापटमको सामुन्द्रिक बन्दरगाह प्रयोग गरिरहेको छ । चीनसँग सम्झौतापछि नेपालले चीनबाट पनि समुन्द्रमा पहुँच प्राप्त गर्नेछ ।