
बुटवल । प्रदेश ५ को सरकारले दुई नम्बर प्रदेशका बारा र पर्सा जिल्लामा भएको हावाहुरीका पीडितलाई १ करोड सहयोग गर्ने भएको छ ।
सरकारका प्रवक्ता तथा भौतिक पू्र्वाधारमन्त्री बैजनाथ चौधरीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्ताव मा आर्थिक योजना मन्त्रालयले उक्त सहयोग प्रदान गर्ने बताए ।
गत आइतबारको हावाहुरीबाट घाइते तथा घरबिहीन बनेका पीडितहरुका लागि प्रदेश ५ को सरकारले एक करोड रुपैयाँ राहतस्वरूप प्रदान गर्ने निणर्य आज बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।
यसअधि प्रदेश नम्बर ६ सरकारले पनि उक करोड दिने घोषणा गरिसकेको छ ।










