२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
बागलुङको चार पालिकामा ३० हजारलाई दादुराविरुद्धको खोप मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा मेची राजमार्ग किनारका घर भत्काउने निर्णय फिर्ता लिन सांसद सुब्बाको माग ओलीलाई रास्वपा सदस्य देखाइएको नक्कली पोस्टरबारे संसदमा प्रश्न, दोषीमाथि कारबाहीको माग राज्य व्यवस्था समितिद्वारा कार्यविधि मस्यौदा र विभिन्न उपसमितिहरू गठन, कारागार र अख्तियारको अनुगमन गरिने सरकारसँग एमाले सांसद सुब्बाको मागः मेची राजमार्ग सडक सीमा भित्रको भौतिक संरचना हटाउने निर्णय तत्काल… भक्तपुर अस्पतालमा सरकारी स्तरमै पहिलो पटक रोबोटिक सर्जरी सेवा सुरु हुने मध्य पूर्वमा बढ्दो सङ्कटको कूटनीतिक समाधान गर्न महासचिव गुटेरेसको आग्रह भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा समेत झुटो बोल्नुभयोः ज्ञानबहादुर शाही गृह मन्त्रालयलाई थप स्रोत चाहियो, बजेट वृद्धि गर्न गृहमन्त्री गुरुङको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

हावाहुरी प्रभावितका लागि प्रदेश सरकारले नै घर बनाइदिन्छ : मुख्यमन्त्री राउत



अ+ अ-

वीरगञ्ज । प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले प्राकृतिक विपदलाई रोक्न नसक्ने बताएका छन् । उनले विपदलाई रोक्न नसक्ने भन्दै हावाहुरी प्रभावितका लागि छिटो भन्दा छिटो घर बनाउने बताए ।

एमबी केडिया सेवा ट्रष्टको तर्फबाट हावाहुरी प्रभावितका लागि प्रदान गरिएको ११ लाख आर्थिक सहयोग बुझ्दै राउतले घर निर्माणका सन्दर्भमा संघीय सरकारसँग समेत कुरा भइसकेको बताउँदै घर प्रदेश सरकारले नै बनाउने दावी गरे ।

‘प्राकृतिक विपदलाई हामीले रोक्न सक्दैनौं, हामीले सक्ने भनेको जो पीडित छन्, जो दुःखी छन्, उनीहरुको चोटमा मल्हम लगाउने हो । उनले भने, ‘घर निर्माणका सम्बन्धमा प्रधानमन्त्रीसँग मेरो कुरा भएको छ । उनले प्रधानमन्त्रीसँग कुरा गर्दा सेना मार्फत प्रभावितको घर बनाउने सहमति भएको जानकारी दिए ।

धेरै संघसंस्था, उद्योगीहरु ठूलो परिमाणमा सहयोग गर्न तयार रहेको बताउँदै उनले सबै मिल्दा छिटो भन्दा छिटो घरबार बिहीन बनेका हावाहुरी प्रभावितको घर बन्ने बताए ।

गत आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा २८ जनाको मृत्यु भएको थियो भने झण्डै २ हजार घरधुरी घर बिहीन बनेका छन् ।