
काठमाडौँ । ध्यानकुटी विहार बनेपाका प्रमुख तथा क्षेत्रपाटी संघाराम विहारका संस्थापक भिक्षु अश्वघोष महास्थवीरको निधन भएको छ ।
महास्थवीरको शुक्रबार ९३ वर्षको उमेरमा ग्राण्डी अस्पतालमा निधन भएको हो ।
महास्थवीरको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने निर्णय गरेको थियो । झाडापखाला, बान्ता आउने र रक्तचापसम्बन्धी समस्याका कारण दुई सातादेखि ग्राण्डी अस्पतालमा उपचाररत थिए ।










