७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लालिगुराँस फूलको सदुपयोग नहुँदा लाखौँ रुपैयाँ नोक्सान



अ+ अ-

डडेल्धुरा । वसन्त रितुको आगमनसँगै फुल्ने लालिगुराँस फूलको सदुपयोग नहुँदा लाखौँ रुपैयाँ मूल्य बराबरका नोक्सान हुने गरेको छ ।

डडेल्धुरा लगायत देशभरका वनैभरी फुलेको लालीगुराँसका फूलको उचीत उपयोग हुन नसक्दा त्यतिकै कुहीएर खेर गईरहेका छन् । लालीगुराँस फूलबाट उत्पादन हुने जुस मानव स्वास्थ्य र विभिन्न रोगको औषधिका लागिसमेत फाइदा पुग्ने भनिएता पनि त्यसको सदपयोग नहँुदा विभिन्न जिल्लाका वनहरुमा लालीगुराँस कुहिएर खेर गइरहेको हो ।

केही वर्ष पहिले डडेल्धुरामा लालीगुराँसको फूलको जुस उत्पादन हुने गरेको भए पनि पछिल्ला चार वर्षदेखि जुस उत्पादन गर्ने काम बन्द भएको छ । जिल्ला सदरमुकाममा रहेको ऋसीखोला सामुदायिक वनले तत्कालीन जिल्ला वन कार्यालय डडेल्धुरासँगको सहकार्यमा लालीगुराँसको जुस उत्पादन गर्ने गरेको भए पनि दुई समूहका बीचमा विवाद भएपछि जुस उत्पादन गर्ने कार्य बन्द भएको छ ।

लालीगुराँसको फूलको जुस स्वास्थ्यका लागि लाभकर हुन्छ । पहिला परम्परागत रुपमा जुस उत्पादन गरेको भए पनि अब उद्योग स्थापना गरेर लालीगुराँसको जुस उत्पादन गर्ने योजना रहेको ऋसीखोला सामुदायिक वन डडेल्धुराका सचिव प्रेम जैरुले बताउनुभयो ।

डडेल्धुरामा उत्पादन हुने लालीगुराँस फूलको जुस सुदुरपश्चिम प्रदेशका अन्य जिल्लासहित बुटवलदेखि काठमाडौँसम्म निर्यात हुने गरेको थियो । डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा प्रयाप्त रुपमा लालीगुराँस फूल फुल्ने भएकाले उद्योग सञ्चालन गरे आम्दानी हुनुका साथै स्थानीय बासीन्दाले रोजगारी पाउनेमा समेत विश्वास लिइएको छ ।

सामुदायिक तथा सरकारी वनहरुमा यो समयमा वनैभरी लालिगुराँस फुलेको देख्न सकिन्छ । तर त्यसको उपभोग नहुँदा केही दिनमा नै त्यसै खेर जाने गरेको उद्योग वाणिज्य सङ्घ डडेल्धुराका महासचिव द्धिजराज भट्टले बताउनुभयो ।

लालीगुँरास फूलको जुस मात्रै उत्पादन गर्न सक्ने हो भने राजगारका साथै राम्रो आम्दानीसमेत गर्न सकिने महासचिव भट्टको भनाइ छ ।