७ पुष २०८२, सोमबार
,
Latest
देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनःनिर्माणमा सात अर्ब खर्च



अ+ अ-

हेटौँडा । भूकम्पबाट क्षतिग्रस्त घर तथा भौतिक संरचना पुनःनिर्माणका लागि मकवानपुरमा रु सात अर्ब ४३ करोडभन्दा बढी रकम खर्च भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ मकवानपुरका अनुसार भत्किएको निजी भवन र सामुदायिक विद्यालय भवन लगायतका संरचना निर्माणमा रु सात अर्ब ४३ करोड खर्च भएको जनाएको छ ।

भूकम्पबाट भत्किएका निजी आवास पुनःनिर्माणतर्फ रु पाँच अर्ब पाँच करोड १३ लाख र सामुदायिक विद्यालय भवन निर्माणतर्फ रु दुई अर्ब ३८ करोड खर्च भएको पुनःनिर्माण प्राधिकरण मकवानपुरका प्रमुख सोमराज तिम्सिनाले जानकारी दिनुभयो ।

मकवानपुरमा पूर्ण रुपमा घर क्षति भएको ३३ हजार ९७४ लाभग्राही रहेका छन् । तीमध्ये ११ हजार घरपरिवारले सरकारबाट रकम लिएर पुनःनिर्माण गरेको प्राधिकरणले जनाएको छ ।