
धनुषा । धनुषाको विदेह नगरपालिका–७ मा रहेको नवटोलीमा बम फेला परेको छ । नवटोली बारीमा वेवारिसे अवस्थामा २ वटा बम भेटिएपछि स्थानीयले नष्ट गरेका छन् ।
भेटिएको बम स्थानीयले फालेर विस्फोट गराएका हुन् । बच्चाहरुले भेट्टाएर खेलाउँदा जनधनको क्षति हुने भन्दै त्यसलाई नष्ट गर्न स्थानीयले फालेर विस्फोट गरेको इलाका प्रहरी कार्यालय औरहीले बताएको छ ।
बम कसले किन छाडेको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको सहायक प्रहरी निरीक्षक रामबाबु सिंहले बताए ।










