९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

रोकिएन गाईगोरुको तस्करी, पिकअप भ्यानसहित एक चालक पक्राउ

रोकिएन गाईगोरुको तस्करी, पिकअप भ्यानसहित एक चालक पक्राउ
अ अ+ अ-

भद्रपुर । दक्षिणी झापाको कचनकवल नाकाबाट भारततिर गाईगोरुको तस्करी मौलाइरहेको रहस्य खुलेको छ । नेपालबाट भारततर्फ लगिरहेको सात वटा गाईसहित एउटा पिकअप भ्यान प्रहरीले नियन्त्रणमा आएपछि यस्तो रहस्य खुलेको हो ।

सीमा प्रहरी चौकी केचनाका प्रहरी सहायक निरीक्षक (असई) डिकबहादुर राउतको नेतृत्वमा खटिएका प्रहरी टोलीले कचनकचव ४ स्थित पकलावन भन्ने स्थानबाट गाईसहित भ्यान नियन्त्रणमा लिएको हो । हल्दिवारी केरिएर लेखिएको रातो नम्बर प्लेटको १ च ५५६० नम्बरको पिकअप भ्यानमा सात वटा गाई लोड गरिएको थियो । भ्यानमा लोड गरिएको गाई साझै भारततर्फ गइरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

रातो नम्बर प्लेटको निजी भ्यानले गाईबस्तु बोक्न नपाउने यातायात व्यवस्थामा उल्लेख भए पनि सो भ्यानले गाईबस्तु लोड गरेर कानुनकै धज्जी उडाएको छ । भन्सारको नियम अनुसार गोरुको मात्र निकासी काटिन्छ, भद्रपुर भन्सार कार्यालयका सुब्बा रेवती गिरीले भने, ‘गाईको भन्सार निकासी काट्ने नियम नै छ्रैन, त्यही भएर गाईगोरुको चोरी निकासी बढेको हो ।’पिकअप चालक टीकाराम थापालाई समेत नियन्त्रणमा लिएको जनाइएको छ । गाई, पिकअप भ्यान र चालक थापालाई आवश्यक कारबाही लागि भद्रपुर भन्सार कार्यालय बुझाइसकेको जनाइएको छ ।

सीमा प्रहरी चौकी केचनाले सात वटा गाईलाई एक हजारको दर तोकेर सात हजारमा बुझाएको छ, भने पिकअप भ्यान (गाडी)लाई ३ लाख मूल्याङ्कन तोकेर भद्रपुर भन्सार बुझाएको भन्सारका सुब्बा रेवति गिरीले जानकारी दिए । कालो नम्बर प्लेटलाई भाडाको गाडी मानिन्छ, तर रातो नम्बर प्लेट भएको भ्यानलाई तीन लाख मुल्याकंन तोकिँदा यसमा चलखेल भएको भन्सार स्रोतको दाबी छ । नियन्त्रणमा लिएको ६ देखि ८ लाख मूल्याङ्कन हुनु पर्ने भन्सार स्रोतको भनाई ।

स्रोतका अनुसार गाई गोरु व्यापारी र तस्कर समूहले कचनकवलका जनप्रतिनिधिलाई गाईसहितको भ्यान छुट्ट्याउन दबाब दिएका थिए । यता व्यापारीको दबाबमा परेर जनप्रतिनिधिले नेपाल प्रहरीलाई उल्टै दबाब दिन थाले । नेपाल प्रहरीले गाईसहितको भ्यान छाड्न नमिल्ने भएपछि मूल्याङ्कन हेरी दिन प्रहरीलाई आग्रह गरे । जनप्रतिनिधिकै आग्रह बमोजिम प्रहरीले तीन लाख मूल्याङ्कन तोकेर भ्यानसहित चालकलाई भन्सार बुझाइएको हो ।

भद्रपुर भन्सारका सुब्बा गिरीले भने, ‘प्रहरीले तीन लाखमा भ्यान बुझाएपनि मुद्दा प्रक्रियामा जाँदा भ्यानको मूल्याङ्कन पुनः हुन्छ ।’ प्रहरीले बुझाएकै दररेटमा यसको लिलाम नहुने उनले प्रस्टाए । यता प्रहरी कार्यालय झापाका डिएपसी श्रेष्ठका अनुसार प्रहरीले तीन लाख मूल्याङ्कन भ्यान बुझाएपनि भन्सारले पुनः मूल्याङ्कन गर्न सक्ने बताउँदै कुनै प्रकारको दबाब नआएको बताए ।