७ पुष २०८२, सोमबार
,
Latest
देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माणाधिन बहुवर्षे आयोजनामा भइरहेको ढिलासुस्ती बारे काँग्रेसद्धारा अनुगमन



अ+ अ-

भद्रपुर । निर्माणाधिन रहेका बहुवर्षे आयोजना अन्र्तगत २१ करोडको भद्रपुर स्थित मेची अञ्चल अस्पताल भवन तथा ११ करोडको गिरिजाप्रसाद स्मृति भवन निर्माणमा भइरहेको ढिलासुस्ती बारे नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ ले चासो राख्दै स्थलगत अनुगन गरेको छ ।

क्षेत्रीय सभापति गणेश पोखरेल तथा प्रदेश संसद ओमप्रकाश सरावगीको नेतृत्वमा गएको टोलीले निर्माण अवधि ६० प्रतिशत पूरा भएर पनि ४० प्रतिशत हाराहारीमा काम अड्कीएका बहुप्रतिक्षित दुवै आयोजनाको कामको अवस्था बारे स्थलगत अनुगमन गरेका हुन् ।

निर्माणका चरणमा रहेको दुवै योजनाका काम सरकारले सम्झौता बमोजिम रकम भुक्तानी नगरेपछि अड्कीएको निर्माण सम्बद्ध कम्नीका प्रतिनिधिले जानकारी गराएका छन् । गत असारबाट कुनै पनि भुक्तानी नआएपछि काम छोड्न बाध्य हुनु पर्ने अवस्था आएको उनीहरूको गुनासो छ ।

यता स्थलगत अनुगमा पश्चात टोलीले मेची अञ्चल असपतालका मेडिकल सुपरिटण्डन डा. पिताम्वर ठाकुरसित अस्पताल भवन तथा प्रशासनिक कठिनाइ बारे छलफल चलाएको थियो । असपतालका मेडिकल सुपरिटण्डन डा. ठाकुरले अस्पताल तथा भवन निर्माण बारेमा जानकारी गराउँदै वजेट कटौटीले अस्पतालको सेवा सेवाग्राही मैत्री बनाउन कठिन परेको गुनापो पोखे ।

२२ जना विशेषज्ञको दरबन्दी रहेको अस्पतालमा १२ जनाले सेवा दिनु पर्ने बाध्यता सुनाए । उनले जीर्ण भवन, अपुग रकम र उपकरण मर्मत संहारको व्यवस्थापन गर्न विगतदेखि दिइदै आएको वजेट काटिएपछि अस्पताल संकटमा धकेलिएको प्रष्ट पारे ।

मेडिकल सुपरिटण्डन डा.ठाकुरका अनुसार विद्युत बक्यौता बढ्दै गइरहेको, वार्षिक कर्मचारीको तलव वापत ७५ लाख अपुग भएको, शीर्षक अनुसार वजेट नपठाइएको कारण गरिब, अशक्त तथा विपन्न वर्गको निशुल्क उपचार प्रभावित बनेको तर्क गरे ।


यस्तै डा. ठाकुरले निर्माणाधिन अस्पताल भवनको काम पनि रकम निकासा अड्किएर सुस्त भएको जानकारी दिए । उनले भवन अनुगमनको जिम्मेवारी पाएको शहरी विकासका प्राविधिकले स्थलगत अनुगमन नगरेका कारण भइरहेको कामको गुणस्तरमाथि प्रश्न उठ्ने ठाउँ रहेको जनाए । सवै समस्या प्रदेश सरकारलाई अवगत गराइए पनि प्रतिकृया नपाइएको स्पष्ट पारेका थिए ।

अञ्चल अस्पताल र गिरिजाप्रसाद स्मृति भवन निर्माणमा देखिएका समस्या हल गर्न प्रदेश सरकार मार्फत खवरदारी गर्ने संसद ओमप्रकाश सरावगीले प्रतिबद्धता जनाएका छन् । उनले विगतको सरकारका पालामा आएका योजना भनेर वर्तमान सरकार पन्सनु नहुने तर्क गर्दै भद्रपुरको समृद्धिको सपना बोकेका यी दुवै संरचना निर्माण हुनु पर्नेमा जोड दिएका छन् ।

अनुगमनमा भद्रपुर ५ का अध्यक्ष बन्धु कार्की, ८ नम्बर वडाध्यक्ष गौरव सुब्बा, नेपाली काँग्रेसका जिल्ला सदस्य विजय रिजाल, लता कार्की लगायतको टोली रहेको थियो । यस अघि माघ १४ गते नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ ले बहु वर्षे योजनाका काम रोकिएको भन्दै सिघ्र सुचारु गर्न माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।