९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

निर्माणाधिन बहुवर्षे आयोजनामा भइरहेको ढिलासुस्ती बारे काँग्रेसद्धारा अनुगमन

निर्माणाधिन बहुवर्षे आयोजनामा भइरहेको ढिलासुस्ती बारे काँग्रेसद्धारा अनुगमन
अ अ+ अ-

भद्रपुर । निर्माणाधिन रहेका बहुवर्षे आयोजना अन्र्तगत २१ करोडको भद्रपुर स्थित मेची अञ्चल अस्पताल भवन तथा ११ करोडको गिरिजाप्रसाद स्मृति भवन निर्माणमा भइरहेको ढिलासुस्ती बारे नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ ले चासो राख्दै स्थलगत अनुगन गरेको छ ।

क्षेत्रीय सभापति गणेश पोखरेल तथा प्रदेश संसद ओमप्रकाश सरावगीको नेतृत्वमा गएको टोलीले निर्माण अवधि ६० प्रतिशत पूरा भएर पनि ४० प्रतिशत हाराहारीमा काम अड्कीएका बहुप्रतिक्षित दुवै आयोजनाको कामको अवस्था बारे स्थलगत अनुगमन गरेका हुन् ।

निर्माणका चरणमा रहेको दुवै योजनाका काम सरकारले सम्झौता बमोजिम रकम भुक्तानी नगरेपछि अड्कीएको निर्माण सम्बद्ध कम्नीका प्रतिनिधिले जानकारी गराएका छन् । गत असारबाट कुनै पनि भुक्तानी नआएपछि काम छोड्न बाध्य हुनु पर्ने अवस्था आएको उनीहरूको गुनासो छ ।

यता स्थलगत अनुगमा पश्चात टोलीले मेची अञ्चल असपतालका मेडिकल सुपरिटण्डन डा. पिताम्वर ठाकुरसित अस्पताल भवन तथा प्रशासनिक कठिनाइ बारे छलफल चलाएको थियो । असपतालका मेडिकल सुपरिटण्डन डा. ठाकुरले अस्पताल तथा भवन निर्माण बारेमा जानकारी गराउँदै वजेट कटौटीले अस्पतालको सेवा सेवाग्राही मैत्री बनाउन कठिन परेको गुनापो पोखे ।

२२ जना विशेषज्ञको दरबन्दी रहेको अस्पतालमा १२ जनाले सेवा दिनु पर्ने बाध्यता सुनाए । उनले जीर्ण भवन, अपुग रकम र उपकरण मर्मत संहारको व्यवस्थापन गर्न विगतदेखि दिइदै आएको वजेट काटिएपछि अस्पताल संकटमा धकेलिएको प्रष्ट पारे ।

मेडिकल सुपरिटण्डन डा.ठाकुरका अनुसार विद्युत बक्यौता बढ्दै गइरहेको, वार्षिक कर्मचारीको तलव वापत ७५ लाख अपुग भएको, शीर्षक अनुसार वजेट नपठाइएको कारण गरिब, अशक्त तथा विपन्न वर्गको निशुल्क उपचार प्रभावित बनेको तर्क गरे ।


यस्तै डा. ठाकुरले निर्माणाधिन अस्पताल भवनको काम पनि रकम निकासा अड्किएर सुस्त भएको जानकारी दिए । उनले भवन अनुगमनको जिम्मेवारी पाएको शहरी विकासका प्राविधिकले स्थलगत अनुगमन नगरेका कारण भइरहेको कामको गुणस्तरमाथि प्रश्न उठ्ने ठाउँ रहेको जनाए । सवै समस्या प्रदेश सरकारलाई अवगत गराइए पनि प्रतिकृया नपाइएको स्पष्ट पारेका थिए ।

अञ्चल अस्पताल र गिरिजाप्रसाद स्मृति भवन निर्माणमा देखिएका समस्या हल गर्न प्रदेश सरकार मार्फत खवरदारी गर्ने संसद ओमप्रकाश सरावगीले प्रतिबद्धता जनाएका छन् । उनले विगतको सरकारका पालामा आएका योजना भनेर वर्तमान सरकार पन्सनु नहुने तर्क गर्दै भद्रपुरको समृद्धिको सपना बोकेका यी दुवै संरचना निर्माण हुनु पर्नेमा जोड दिएका छन् ।

अनुगमनमा भद्रपुर ५ का अध्यक्ष बन्धु कार्की, ८ नम्बर वडाध्यक्ष गौरव सुब्बा, नेपाली काँग्रेसका जिल्ला सदस्य विजय रिजाल, लता कार्की लगायतको टोली रहेको थियो । यस अघि माघ १४ गते नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ ले बहु वर्षे योजनाका काम रोकिएको भन्दै सिघ्र सुचारु गर्न माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।