१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

समायोजनमा जान तयार कर्मचारीले दिए संशोधनको आवेदन



अ+ अ-

काठमाडौं । सरकारले कर्मचारी समायोजन पूरा गरेको दाबी गरिरहेकै वेला समायोजनमा जान तयार भएका १० हजार कर्मचारीले संशोधनको आवेदन दिएका छन्।

नेपाल समाचारपत्र दैनिकमा समाचार छ, कमर्मचारीले समायोजन संशोधन माग गर्दै करिब १० हजार चार सय जनाले गुनासो दर्ता गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। समायोजनमा परेका कर्मचारीको गुनासो सम्बोधन गर्न स्थापना गर्न स्थापना गरिएको ‘गुनासो सहयोगी कक्ष’मा समायोजन संशोधनका लागि कर्मचारीले आवेदन दिएका हुन्।

समायोजन संशोनका लागि कर्मचारीलाई निवेदन दर्ता गराउन चैत २० गतेसम्म समयसीमा तोकिएको थियो। समायोजन भएका कर्मचारीले संघमा रोज्दा स्थानीय तहमा समायोजन गरिएको समायोजनको फाराम भर्दा त्रुटि भएकाले समायोजनमा प्रभाव पारेको जस्ता गुनासा आएको मन्त्रालयका सहसचिव रूपनारायण भट्टराईले जानकारी दिए।