७ पुष २०८२, सोमबार
,
Latest
देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायालयमा नै राजनीति,न्यायाधीश सिफारिसलाई लिएर नकारात्मक आलोचना



अ+ अ-

काठमाडौं । न्यायाधीश सम्मेलनको अन्तिम दिन शुक्रबार हालै गरिएको १८ न्यायाधीश सिफारिसलाई लिएर सहभागीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको भूमिकाको आलोचना गरेका छन्।

प्रधानन्यायाधीश राणा अध्यक्ष रहेको न्याय परिषदले गरेको सिफारिसबाट न्यायसेवाबाटै आई जिल्ला र उच्च अदालतमा न्यायाधीश भएकाको सर्वोच्च अदालतको न्यायाधीश भएकाको सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुने सम्भावना समाप्त पारिएको भन्दै सहभागीले तीव्र आक्रोस पोखेको समाचार नागरिक दैनिकमा छ।

प्रज्ञाभवन कमलादीमा बुधबार सुरु भएको न्यायाधीश सम्मेलन समापनअघि सर्वोच्च, उच्च र जिल्ला अदालतका न्यायाधीशले अहिले गरिएको नियुक्ति सिफारिसबाट न्यायालयप्रतिको जनआस्था अभिवृद्धि हुन नसक्ने धारणासमेत व्यक्त गरे।